आखाँ वरिपरिको चाउरी हटाउन ‘ब्लेफरोप्लास्टी’
आँखालाई सुन्दर बनाउन हामीले केही कुरामा ध्यान दिन जरुरी छ । बढ्दो उमेरसँगै आँखा वरिपरिका मांसपेशी र तन्तुहरू (टार्सल प्लेट) कमजोर र पातला हुँदै जाँदा केही समस्या देखा पर्न सक्छन् ।

जाडो मौसम सुरु भए पनि अब छालासम्बन्धी रोगको कुनै चिन्ता गर्नु पर्दैैन । जाडो मौसमको सुख्खा हावाले छालालाई पनि रुखो बनाउँछ । त्यसैले आफ्नो छालालाई रुखो हुनबाट जोगाउन कोल्ड क्रिम प्रयोग गर्न सकिन्छ । जाडोमा राति नाइटक्रिम र दिउँसो मोइस्चराइजर प्रयोग उपयुक्त हुन्छ । त्यसबाहेक सातामा एकपटक नरिसिङको प्रयोगले छालालाई लाभ पुर्याउँछ ।
जाडो मौसममा प्राय: मानिस घाममा बस्न वा सनवाथ लिन रुचाउँछन् तर सनस्क्रिन प्रयोग नगरी घामको सम्पर्कमा आउँदा छालाको रंग कालो वा डार्क हुने डर हुन्छ । नर्मल स्किन भएकाहरूले २० एसपीएफको क्रिम प्रयोग गर्नुपर्छ । त्यसको प्रभाव दुई घन्टासम्म रहन्छ । त्यसपछि फेरि सनस्क्रिन क्रिम लगाउनुपर्छ । ड्राइ स्किन भएकाहरूले ३०–४० एसपीएफ सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ । त्यसको प्रभाव ४ घन्टासम्म रहन्छ । ४ घन्टापछि पुन: त्यसलाई मुहारमा लगाउनुपर्छ । जाडोमा एरोमेटिक तथा भिटामिन पनि प्रयोग गर्न सकिन्छ ।
सावधानी
कोल्ड क्रिम लगाएर कहिल्यै घाममा बस्नु हुँदैन । कारण यसबाट धूलो मुहारमा जम्छ र सनवर्न हुन सक्छ । जसका कारण छाला कालो देखिन्छ । केही घरेलु उपायद्वारा पनि आफ्नो छालालाई सुरक्षित राख्न सकिन्छ ।