Successfully Copied

पेडिक्योर के हो ?

बरिष्ठ ब्युटिसियन मीना गुरुङ हङकङ ब्युटी इन्स्टिच्युट एण्ड कलेज, चिप्लेढुङ्गा पोखरा पेडी भनेको खुट्टा र क्युराको अर्थ हेरचाह हो । ल्याटिन भाषाको यो शब्दबाट खुट्टाको सरसफाइ एवं हेरचाह भन्ने बुझिन्छ ।

बरिष्ठ ब्युटिसियन मीना गुरुङ

हङकङ ब्युटी इन्स्टिच्युट एण्ड कलेज, चिप्लेढुङ्गा पोखरा

पेडी भनेको खुट्टा र क्युराको अर्थ हेरचाह हो । ल्याटिन भाषाको यो शब्दबाट खुट्टाको सरसफाइ एवं हेरचाह भन्ने बुझिन्छ । व्यक्तिगत सरसफाइमा पेडिक्योरको ठूलो महत्व छ । राम्रोसँग हेरविचार गरे खुट्टा राम्रो रहनुका साथै मानिस पनि स्वस्थ एवं सुन्दर देखिन सक्छ । खुट्टमा थकान नङ नबढ्ने समस्या, दाद वा छालाको रोगजस्ता धेरै समस्या हुन्छन् । उमेर पुगेकाहरूको घँुडा, पैताला दुख्ने थुपै्र आन्तरिक समस्या पनि हुनसक्छन् । ती सबै समस्या मसाजद्वारा खुट्टामा भएको प्रेसर प्वाइन्टमा दबाब दिएर समाधान गर्न सकिन्छ । पैतालामा शरीरका सबै अंगको प्वाइन्ट हुने भएकाले पेडिक्योर हरेक मानिसका लागि अत्यावश्यक छ । आफै घरमा पनि पेडिक्योर गर्न सकिन्छ तर मसाज आफैमा पूर्ण नहुने भएकाले विशेषज्ञसँग पेडिक्योर गराउँदा खुट्टा सुन्दर रहनुका साथै विभिन्न शारीरिक समस्या पनि कम हुन्छन् ।

यसरी गर्न सकिन्छ पेडिक्योर

–पेडिक्योरमा सोल र नेल अनि छालाको हेरविचार गर्नुपर्छ ।

–नेलपोलिस सफा गर्ने, खुट्टाको नङको साइज मिलाएर फाइल गर्ने र बफर गरी चमक दिने ।

–खुट्टाले सहन सक्ने तातोपानीमा पार्लरमा भए पेडिक्योर पाउडर हाइड्रोजन स्याम्पो, डेटोल आदि ती सामग्री नपाए नुन, कागती, मह आदि घरेलु सामग्री मिसाएर त्यसमा खुट्टालाई कम्तीमा १५ मिनट भिजाउने  ।

–भिजेको खुट्टामा कुनै राम्रो साबुन, स्क्रबर वा प्युमिक स्टोनका माध्यमबाट खुट्टाको सोललाई घर्षण गरी मृतकोषिकाहरू फाल्ने । पिँडौला र पूरा खुट्टामा स्क्रब गरी सफा गर्ने ।

–खुट्टा धेरै फुटेको छ भने कपासमा हाइड्रोजन प्याराअक्साइड भिजाएर लगाउने वा धेरै नै कुर्कुच्चा फुटेको भए सोडियम बाइकर बोनेट एक वा दुई चिम्टी पानीमा हालेर लगाउने ।

–भिजेका मृतकोषिकालाई क्युटिकल क्रिम लगाएर क्युटिकल कटरबाट काटेर फ्याँक्ने ।

–सफा पानीले धोएर खुट्टामा कुनै राम्रो मसाज क्रिमले मसाज गर्ने । आवश्यक भए भाइब्रेटरी मसाज पनि दिन सकिन्छ ।

–घरमा सुत्नुअघि आफै पेडिक्योर गरेको हो भने सुत्नुअघि फुटेको कुर्कुच्चामा पेट्रोलियम जेली अथवा भ्यासलिन लगाएर कटनको मोजा लगाई सुत्ने र भोलिपल्ट बिहान निकालेर सफा पानीले धुने ।

–पार्लरमा मसाजपछि खुट्टामा प्याक पनि लगाउन सकिन्छ । घरमा पेडिक्योर गर्दा चलाउने सामग्रीहरू इस्ट्रलाइजेसन गरिएको हुनुपर्छ । हप्तामा कम्तीमा एकपटक पेडिक्योर गर्नु राम्रो हुन्छ ।

 

 Image