फाउन्डेसनलाई सकेसम्म त्याग्नुपर्छ । त्यसको साटो फेस पाउडर प्रयोग गर्न सकिन्छ ।
–पाउडर पनि त्यही नै प्रयोग गर्नुपर्छ, जसबाट अनुहारको चमक र चिल्लोपन कम होस् ।
–ब्लसर पनि कमभन्दा कम प्रयोग गर्नुपर्छ । पाउडर ब्लसरको साटो क्रिम ब्लसर प्रयोग गर्नुपर्छ । मनसुनमा पेस्टल कलर्स पनि प्रयोग गर्न सकिन्छ । नेचुरल लुकका लागि यसलाई बाहिरतर्फ स्ट्रोक्स दिँदै लगाएर ब्लेन्ड गर्नुपर्छ ।
–आइस्याडो पनि पाउडर नै प्रयोग गर्नुपर्छ । यो पग्लिएर मुहार खराब हुने डर हुँदैन । यसमा पनि वेज, ब्राउन वा पिंकजस्ता प्राकृतिक रंगलाई प्राथमिकता दिनुपर्छ ।
–सकेसम्म मस्कारा प्रयोग नगर्ने । गर्नैपरे वाटरप्रुफ मस्कारा प्रयोग गर्ने ।
–लिक्विड आइलाइनरको साटो पेन्सिलको प्रयोग राम्रो हो । आइस्याडो र स्मज प्रुफ पेन्सिल गाजललाई हल्का प्रयोग गर्न सकिन्छ ।
–आइब्रो पेन्सिलको प्रयोग उपयुक्त हुँदैन । त्यसको साटो आइब्रो जेल प्रयोग गर्न सकिन्छ ।
–मनसुन लङ लास्टिङ लिप कलर प्रयोग गर्नुपर्छ । म्याट यो सिजनका लागि उपयुक्त हुन्छ ।
–स्मज भएर लुक खराब हुनसक्ने भएकाले लिप ग्लसको प्रयोग नगर्नु नै बेस हुन्छ ।
–लिप क्लर्समा पनि डार्क सेड्स प्रयोग गर्नुपर्छ । यसबाट कम्प्लेक्सन एक सेड लाइट हुन्छ र डार्क कलर्स लामो समयसम्म टिक्छ ।
–छाला तैलीय छ भने मनसुनमा पनि एस्ट्रिन्जेन्ट प्रयोग गर्न सकिन्छ ।
–जसको छाला नर्मल तथा सुख्खा छ उनीहरूले फेसवासपछि टोनर प्रयोग गर्नुपर्छ ।