Successfully Copied

छालाको सौन्दर्यमा वृद्धि

सौन्दर्य परमात्माको स्वरूप हो । सुन्दर बन्नका लागि सधैं केही श्रम गरिरहनु नै सौन्दर्य प्राप्तिको राम्रो उपाय हो । यसो भन्दैमा जतिबेला पनि बजारमा पाइने कस्मेटिक्स प्रोडक्ट प्रयोग गर्नु हुँदैन ।

सौन्दर्य परमात्माको स्वरूप हो । सुन्दर बन्नका लागि सधैं केही श्रम गरिरहनु नै सौन्दर्य प्राप्तिको राम्रो उपाय हो । यसो भन्दैमा जतिबेला पनि बजारमा पाइने कस्मेटिक्स प्रोडक्ट प्रयोग गर्नु हुँदैन । अनुहारको छालाको चमक र यौवनलाई दीर्घकालीन स्वस्थ र कान्तिमय बनाउन दिनहुँ पाँच मिनेट समय दिनुपर्छ ।

मुसुरोको दाल : मुसुरोको दाललाई मोटो–मोटो पिसेर सुख्खा पाउडरजस्तो बनाई डब्बामा राख्ने, अनुहार धुँदा यही मुसुरोको दालको पाउडरले धोए छाला गोरो एवं सफा देखिन्छ ।

काँक्रो : चिल्लो छाला हुनेहरूले दिनहुँ काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने । यसरी छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूले यो उपाय गर्दा छालामा एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ ।

गोलभेंडा : अनुहारमा चिल्लो आउनु र अनुहारको छालामा कालो दाग देखिएको छ भने टमाटरलाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।

बेसार : काँचो बेसारको मसिनो लेप बनाई दूधमा पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा उक्त घोल लगाई हल्का मालिस गर्ने । यो मालिसले केही दिनमै सम्पूर्ण शरीरको छालामा निखार आई छाला मुलायम, गोरो एवं बेदाग देखिन्छ ।

आलु : आँखा वरिपरि कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आँखामाथिबाट कोरेको आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा गरे कालो घेरा समाप्त हुन्छ । साथै आँखामुनिको छाला सुन्निएकामा पनि राहत हुन्छ ।

मह : महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । सुख्खा छाला छ भने सधैं राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेट राखेर अनुहार सफा गर्दा सुख्खा छालालाई अति नै फाइदा पुग्छ । महले छाला मुलायम र चम्किलो बनाउँछ ।

अण्डा : अण्डाको प्रयोगले अनुहारको कान्ति वृद्धि हुन्छ, सुख्खा छाला छ भने अण्डाको पहेंलो भागलाई साताको दुई पटक अनुहारमा लगाउने र चिल्लो छाला छ भने अण्डाको सेतो भाग लगाउने । सुख्खा छालामा पहेंलो भाग नियमित लगाए अनुहारको छाला कसिलो बनाउन पनि सहयोग पुर्‍याउँछ । चिल्लो छालामा सेतो भाग लगाइएको छ भने छालामा रहेको अनावश्यक चिल्लोपन कम गर्नमा मद्दत पुर्‍याउँछ ।

मेवा : मेवामा एक प्रकारको एन्जाइम पाइने हुनाले छालाको मृतकोष हटाई यसको प्रयोग गर्नाले छालामा नयाँ कोष उत्पन्न भै छाला मुलायम हुन्छ । साथै मेवाको लेप लगातार केही महिना लगाउने हो भने सबै दाग हराउँछ ।

कागती : अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको महत्वपूर्ण भूमिका हुुन्छ ।  कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुख्खा छ भने कागतीको रसमा थोरै तर  मिसाई अनुहारमा लगाउनुपर्छ । यसो गर्दा  छालाको फोहोर निस्कनुका साथै नरम र मुलायम हुन्छ । कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको प्रयोग दिनहुँ गरे छाला गोरो एवं सफा देखिन्छ ।

दही : दही छाला र केश दुवैका लागि अत्यन्त लाभकारी छ । सुख्खा छाला, सामान्य छाला र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ । दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाई लेदो बनाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुख्खा छाला र सामान्य छालालाई फाइदा गर्नुका साथै छाला सधैं चम्किलो देखिन्छ  । चिल्लो छाला छ भने दुई चम्चा दही लिने र यसमा एक चुटकी बेसार र गहुँको चोकर एक चम्चा मिसाई लेदो बनाई पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुँदा छाला गोरो, बेदाग र चम्किलो देखिन्छ ।

केरा : सुख्खा छालामा केरालाई दूधमा मिसाई बनाइएको लेप लगाउने र २० मिनेटपछि सफा गर्ने । यो उपाय केही महिना दिनहँु अवलम्वन गरे छालामा एक प्रकारको चमक आउँछ र छाला छिट्टै चाउरी पर्दैन ।

तुलसीका पात : तुलसीका पातलाई कागतीको रसमा मसिनो पेस्ट बनाई अनुहारमा लगाएर २० मिनेटपछि अनुहार सफा गर्दा छालामा भएको दाग एवं चाउरीपन  समाप्त हुन्छ ।

बदाम : आधा कप दूधमा दुई–तीन दाना बदाम बेलुका भिजाएर राख्ने र बिहान मसिनो पेस्ट बनाई सुख्खा छाला भएकाहरूले पूरा अनुहारमा लगाई २० मिनेटपछि सफा गर्ने । यो लेप सुख्खा छालाका लागि अत्यन्तै गुणकारी मानिन्छ । छाला मुलायम र चम्किलो देखिन्छ र छाला चाउरी पर्नबाट  जोगिन्छ ।

चना : चनाको बेसनमा दूध मिसाई यो लेपले अनुहार धुनुपर्छ । यो उपाय अपनाउँदा अनुहारको छालाको सौन्दर्य वृद्धि हुन्छ ।

जौ  : जौको पीठो दूधमा मिसाएर लेप बनाई अनुहारमा लगाएर १०–१५ मिनेटपछि सफा गर्दा चायाँ वा पोतो पूर्णरूपमा हटेर जान्छ र अनुहार सुन्दर हुन्छ  अनि छाला कसिलो, मुलायम र चम्किलो देखिन्छ ।

 Image