Successfully Copied

ट्यानिङको उपचारका लागि केही घरेलु उपाय

मह र कागतीको रस मह र कागतीको रस मिसाएर प्रभावित स्थानमा लगाउनु प्रभावकारी हुन्छ । यसलाई प्रयोग गरेको १० देखि १५ मिनेटपछि धुनुपर्छ । कागतीमा प्राकृतिक ब्लिचिङको गुण हुन्छ र यसले ट्यानिङको असर घटाउँछ ।

मह र कागतीको रस

मह र कागतीको रस मिसाएर प्रभावित स्थानमा लगाउनु प्रभावकारी हुन्छ । यसलाई प्रयोग गरेको १० देखि १५ मिनेटपछि धुनुपर्छ । कागतीमा प्राकृतिक ब्लिचिङको गुण हुन्छ र यसले ट्यानिङको असर घटाउँछ ।

दही

यसको प्रयोग घामबाट प्रभावित स्थानमा गर्नुपर्छ र चाँडै परिणाम चाहने हो भने स्नानपूर्व त्यसमा टमाटर र काँक्राको रस मिसाएर प्रयोग गर्नुपर्छ ।

एलोबेरा

राति सुत्नुपूर्व एलोबेरा लगाउनुपर्छ र बिहान सफा गर्नुपर्छ ।

आलु

काँचो आलुमा भिटामिन सी बढी मात्रामा पाइन्छ । त्यसैले यो ट्यानिङको उपचार प्रभावकारी हुन्छ । आलुको पेस्ट बनाएर त्यसलाई प्रभावित स्थानमा लगाई आधा घन्टापछि सफा गर्नुपर्छ ।

चनाको आटा

यसले घामका कारण ओइलाएको छालाको उपचार गर्न तथा डेड सेल्स हटाउन प्रभावकारी भूमिका खेल्छ । छालामा आधा घन्टा चनाको आटाको पेस्ट प्रयोग गरेपछि त्यसलाई धुनुपर्छ ।

आहारविहारमा विचार

–नियमित खुराक खानुपर्छ ।

–तरकारी बढी मात्रामा प्रयोग गर्नुपर्छ ।

–ग्रिन टी, बदाम आदि एन्टिअक्सिडेन्ट पनि सेवन गर्नुपर्छ ।

–प्रतिदिन कम्तीमा ८ गिलास पानी पिउनुपर्छ ।

–सनब्लक प्रयोग गर्नुपर्छ ।

–प्रतिदिन कम्तीमा ६ घन्टा सुत्नुपर्छ ।

–सुत्नुअघि दिनहुँ अनुुहार सफा गर्नुपर्छ ।

–नियमित रूपमा व्यायाम गर्नुपर्छ ।

 Image