Successfully Copied

स्प्रिङ आई मेकअप

आँखा शरीरको त्यो अंग हो, जसमा व्यक्तिको ध्यान सबैभन्दा पहिले जान्छ । तसर्थ हरेक युवती आँखालाई आकर्षक बनाउन चाहन्छन् । आइलाइनर युवतीहरूलाई सबैभन्दा मनपर्ने मेकअप प्रोडक्ट हो ।

आँखा शरीरको त्यो अंग हो, जसमा व्यक्तिको ध्यान सबैभन्दा पहिले जान्छ । तसर्थ हरेक युवती आँखालाई आकर्षक बनाउन चाहन्छन् । आइलाइनर युवतीहरूलाई सबैभन्दा मनपर्ने मेकअप प्रोडक्ट हो । यो समयमा फ्लोरेसेन्ट लुक मौसम सुहाउँदो हुन्छ भने अहिले नियोन लुकको ट्रेन्ड छ । 

ब्राइट आइज : ब्राइट एलो, ओरेन्ज, ग्रिन वा ब्लुको सेड्स जसलाई आँखामा प्रयोग गर्दा जीवन्त एवं सुन्दर देखिन सकिन्छ । आँखामा पहिले कालो आइलाइनर लगाउनुपर्छ, त्यसमाथि कुनै पनि ब्राइट कलरको नियोन आइलाइनर लगाउनुपर्छ । यो लुक अत्यन्त फरक र सुन्दर देखिन्छ । आँखालाई अधिक ड्रामाटिक देखाउन तल्लो आइल्यासेजमा कुनै नियोन कलरको आइलाइनरको मोटो लेयर लगाउनुपर्छ । नियोन लुकको चाहना छ भने पिगमेन्टेड ओपे नियोन सेड्स प्रयोग गर्नुपर्छ । लगाउनुभन्दा पहिले यसलाई आफ्नो औंलामा टेस्ट गर्नुपर्छ । ब्लु, ग्रिन, एलो र ओरेन्ज नियोन आइसेड्सका कलर हुन् । ओपेक आइस्याडो अत्यन्त बोल्ड हुने भएकाले आँखामा नै फोकस गर्नुपर्छ र यसका साथमा लिक्विड आइलाइनर तथा मस्कारा लगाउनुपर्छ । 

कैटी आइज 

बलिउडमा पुराना अभिनेतृहरू सायरा वानो तथा शर्मिला टैगोरले कैट आई मेकअप खुबै प्रयोग गरेको पाइन्छ । आजभोलि यही ट्रेन्ड फरक अन्दाजमा पुन: फर्किएको छ । परिवर्तन मात्र यति छ कि अहिले यसमा ब्ल्याक लिक्विड आइलाइनरको स्थानमा डिफेन्ट कलरको आइलाइनर प्रयोग गर्न थालिएको छ । यो लुकमा एन्जोलिना जोली र रिहन्ना निकै चर्चित छन् । कालो गाजल वा आइस्याडोबाट मात्र आँखालाई क्याट आई लुक प्राप्त हुन्छ भन्ने छैन । यसका लागि डिफरेन्ट ब्राइट कलर सेड्स पनि प्रयोग गर्न सकिन्छ । क्याट आई मेकअपमा आइब्रोलाई पनि फरक लुक दिइन्छ । यसमा आइब्रोलाई राउन्ड सेप वा डार्क सेपमा राखिन्छ । यसबाट आँखालाई परफेक्ट लुक प्राप्त हुन्छ । 

स्पाइसी आइज : स्पाइसी आइज अर्थात् कलरफुल आई मेकअप यस प्रकारको आई मेकअपका लागि कन्ट्रास्ट कलर कम्बिनेसन प्रयोग गरिन्छ । सिमरी आइस्याडोका साथमा ग्लिटर आइस्याडो प्रयोग गरिन्छ । यसबाहेक ओरेन्ज, फुसिया, पिच, ब्लु आदि बोल्ड कलर पनि प्रयोग गरिन्छ । 

स्मज : लाइनर लगाएपछि त्यसको स्मजिङ गर्न सकिन्छ । यसले आँखालाई ग्ल्यामरस लुक प्रदान गर्छ । दुवै आइल्यासेजमा सामान्य रूपबाट आइलाइनर लगाउनुपर्छ । त्यसपछि थोरै स्मजिङ गरी तल्लो र माथिल्लो ल्यासेजको किनारालाई स्मुद बनाउनुपर्छ । प्राकृतिक प्रभावशाली लुक दिन डार्क स्याडो लगाउनुपर्छ र यसलाई स्मज गरिएको लाइनरसित राम्रोसँग मिलाउनुपर्छ । 

आँखामा आइलाइनरको तुलनामा डार्क आइस्याडो प्रयोग गर्नुपर्छ । यसबाट आँखा आकर्षक देखिन्छ । आइलाइनर परफेक्ट देखाउन स्मुद ब्रस भएको आइलाइनर चयन गर्नुपर्छ । आँखामा प्रयोग गर्दा पहिलो पटक पातलो लाइनर लगाउनुपर्छ र आइल्यासेजमा टच दिनुपर्छ । यसैगरी आँखामुनि आइलाइनर लगाउनुपर्छ र कोजी लुक दिन कटनले त्यसलाई थोरै फैलाउनुपर्छ । आँखालाई स्मोकी लुक दिन ब्रसले आइलाइनरलाई हल्का फैलाउनुपर्छ । यतिबेला यो लुक ट्रेन्डमा छ ।

 Image