Successfully Copied

लिपबाम

पहिले–पहिले लिपबाम मात्र ओठ फुट्नबाट जोगाउन बनाइन्थ्यो तर अब यो कस्मेटिक इन्डस्ट्रीको एउटा ठूलो हिस्सा बन्न पुगेको छ । यसलाई ओठको सुरक्षाका लागि मात्र होइन दिनभरि लगाउन लिप कलरको राम्रो विकल्प पनि मानिएको छ ।

टिन्टेड लिपबाम लगाएपछि लिपिस्टिक लगाउने आवश्यकता पर्दैन । यदि लामो समयसम्म टिक्ने खालको लिप प्रोडक्ट छ भने ओठको नरमपनलाई सन्तुलित राख्छ । यसबाट ओठ कोमल देखिन्छ र ओठलाई हल्का रंग पनि प्राप्त हुन्छ । 

–बजारमा लिपबामका अलग–अलग फ्लेवर तथा कलरको ठूलो रेन्ज पाइन्छ । आफ्नो आवश्यकताअनुसार दुई–तीन कलर तथा फ्लेवरका लिपबाम साथमा राखे गर्मीमा ओठ स्वस्थ एवं आकर्षक देखिन्छ । 

–ओठको छाला शरीरको अन्य भागको छालाभन्दा बढी कोमल हुन्छ । त्यसैले ओठको छाला फुट्ने, पाप्रा जम्ने र सुक्ने हुन्छ । ओठलाई कोमल, सुरक्षित एवं नरम राख्न दुई–तीन पटक टचअप गर्न सकिन्छ । 

–प्लम्पर छैन भने न्युड कलरको आउटलाइनपछि लिपबाम लगाउँदा पूर्ण निखार प्राप्त गर्न सकिन्छ । 

–अधिकतर लिपबाममा एसपीएफ, भिटामिन ‘इ’, एन्टिअक्सिडेन्ट वा सिया बटर हुन्छ । यसले ओठलाई स्वस्थ बनाउनुका साथै सूर्यको हानिकारक किरणबाट पनि सुरक्षित राख्छ । 

 Image