Successfully Copied

गर्मी सौन्दर्य

तेल मालिस तेल लगाउनु र मालिस गर्नुलाई प्राचीनकालदेखि नै फाइदाजनक मानिएको छ । केश सुख्खा र चमकरहित छ भने आलमण्ड तेल वा जोजोवा तेलले मालिस गराउनुपर्छ ।

तेल मालिस 

तेल लगाउनु र मालिस गर्नुलाई प्राचीनकालदेखि नै फाइदाजनक मानिएको छ । केश सुख्खा र चमकरहित छ भने आलमण्ड तेल वा जोजोवा तेलले मालिस गराउनुपर्छ । ओयलिङ मसाज ट्रिटमेन्टबाट केशमा नरमपन कायम रहनुका साथै केशमा देखापर्ने डलनेस समाप्त भै त्यसमा चमक आउँछ । गर्मीमा चायाँ प्राकृतिक रूपमै तैलीय हुने भएकाले धेरै मात्रामा तेल लगाएर अधिक समय छोड्नु हुँदैन । यसो गर्दा चायाँ बढी तैलीय हुन सक्छ । मसाजको केही समयपछि नै केश धुनुपर्छ । 

पौडी खेल्नुअघि 

पौडी खेल्नुपूर्व केशलाई थोरै भिजाउनुपर्छ । भिजेको केशलाई क्लोरिनले बढी सोस्न पाउँदैन र त्यसबाट हुने दुष्प्रभावबाट जोगिन सकिन्छ । क्लोरिनबाट जोगिन स्वीमिङ क्याप पनि प्रयोग गर्न सकिन्छ । 

नियमित ट्रिम 

केशलाई नियमित रूपमा कम्तीमा महिनामा एकपटक ट्रिमिङ गर्नुपर्छ । यसबाट केश दुईमुखे हुने सम्भावना कम हुनुका साथै ड्यामेज केशको समस्या पनि समाधान हुन्छ अनि केशको जरासम्म हानि हुन पाउँदैन । गर्मीमा सर्ट हेयर स्टाइल उपयुक्त हुन्छ । यसबाट स्टाइल प्राप्त हुनुका साथै सहजता महसुस गर्न सकिन्छ । 

तरल पदार्थ सेवन

तरल पदार्थ बढी मात्रामा सेवन गर्नुपर्छ । यसबाट केशलाई नरमपन प्राप्त हुन्छ र केश डिहाइड्रेसनबाट जोगिन्छ । फलस्वरूप केश टुक्रने समस्या उत्पन्न हुन पाउँदैन । 

 Image