Successfully Copied

गर्मीमा मौसममा सुन्दर बन्ने उपाय

हाम्रो छालाले धेरै समस्या र हैरानी सहनुपर्छ । मौसम परिवर्तनसँगै छालामा पनि विभिन्न प्रकारका समस्या आइपर्छन् । यसकारण पनि मौसमअनुसार छालाको हेरचाहमा उत्तिकै होसियारी अपनाउनुपर्छ । गर्मीमा धूलो, धूवाँ, प्रदूषण एवं चर्को घामको समस्या बढी हुन्छ । छालाको सौन्दर्य कायम राख्न यस्ता समस्याबाट

हाम्रो छालाले धेरै समस्या र हैरानी सहनुपर्छ । मौसम परिवर्तनसँगै छालामा पनि विभिन्न प्रकारका समस्या आइपर्छन् । यसकारण पनि मौसमअनुसार छालाको हेरचाहमा उत्तिकै होसियारी अपनाउनुपर्छ । गर्मीमा धूलो, धूवाँ, प्रदूषण एवं चर्को घामको समस्या बढी हुन्छ । छालाको सौन्दर्य कायम राख्न यस्ता समस्याबाट जोगिनु आवश्यक हुन्छ ।

अनुहारको क्लिन्जिङ

गर्मी मौसममा छालाको नियमित डिप क्लिन्जिङ आवश्यक हुन्छ । दैनिक दुईपटक एलोबेरा, लेमन, मिल्क एक्सट्रेक्ट, पिपरमिन्ट आदिबाट बनेको फेसवासले क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि टोनिङ गर्दा छाला मुलायम एवं चम्किलो हुन्छ । क्लिन्जिङपछि धूलोको कण बाहिर निस्किएर छाला सफा हुन्छ । क्लिन्जिङले छालालाई आवश्यक पोषण प्रदान गर्छ ।

घमौराको समस्या

गर्मीले गर्दा छालामा देखापर्ने अर्काे समस्या घमौरा हो । गर्मीमा छाला निकै संवेदनशील हुने भएकाले यसबाट जोगिने उपाय अपनाउनु आवश्यक हुन्छ । घामले गर्दा छाला रातो हुँदै जान्छ र त्यसमा स–साना फोका देखापर्छन् । त्यसबाट बच्न बाहिर हिँड्दा छालालाई सकेसम्म घामबाट जोगाउनुपर्छ । चर्काे घाममा हिँड्नु हुँदैन । चिसो पानीले दैनिक नुहाउँदा पनि घमौराबाट जोगिन सकिन्छ । लामो समयसम्म पनि घमौराको समस्या समाधान नभए विशेषज्ञको सल्लाह लिनुपर्छ ।

सनस्क्रिनले गर्छ स्किन केयर

गर्मीमा अल्ट्राभोइलेट किरण सोझै छालामा पर्छ । जसका कारण छालामा विभिन्न प्रकारका समस्या देखापर्छन् । सनवर्नले छालामा कालो धब्बा, चाउरी तथा दागको समस्या उत्पन्न हुन्छ । त्यसैले गर्मीमा दैनिक सनस्क्रिन लगाउनुपर्छ ।

एसपीएफ लोसन

सनवर्नबाट जोगिन घरबाहिर निस्कनुअघि सनस्क्रिन लोसन प्रयोग गर्नुपर्छ । घरमै बस्दा पनि सनस्किन लगाउनु आवश्यक हुन्छ । घामको हानिकारक किरणबाट जोगिन एसपीएफ १५ युक्त लोसन लगाउनु उत्तम हुन्छ ।

घरमा नियमित लोसन प्रयोग गर्नुपर्छ

सनस्क्रिन घरमा बस्दा होस् वा बाहिर निस्कदा गर्मी मौसममा अनिवार्य नै छ । गर्मीमा कृत्रिम प्रकाशले पनि छालामा असर पुर्‍याउँछ । सोझै घामको किरण नपरे पनि रेडिएसन घरभित्र पनि हुन्छ । यसैगरी भान्सामा काम गर्दा ग्यासको तापले छालामा असर पुर्‍याउँछ । त्यसकारण घरभित्र पनि लोसन प्रयोग गर्नु जरुरी हुन्छ ।

स्वस्थ खानपान

खानपानमा ध्यान पुर्‍याइएन भने जति नै हेरचाह गरे पनि छाला स्वस्थ रहँदैन । शरीर स्वस्थ नभए सौन्र्दयप्रसाधनको प्रयोगले मात्र सकारात्मक प्रभाव पार्न सक्दैन । यसकारण स्वस्थ खानामा ध्यान दिनु अत्यन्त आवश्यक छ । खानपानले छालालाई स्वास्थ्य राख्न ठूलो भूमिका खेलेको हुन्छ । छालाको स्वास्थ्यका लागि सन्तुलित वा पौष्टिक आहारको आवश्यकता पर्छ । गर्मीमा तेलयुक्त खाना खानु हुँदैन । शरीरले सजिलै पचाउन सक्ने हलुका खाना खानुपर्छ । मौसमी तरकारी, रसिला खानेकुरा, तरबुजा, खरबुजा, आँप, लिची आदिको सेवन बढाउनुपर्छ । प्रशस्त पानीका साथै जुस, कागती पानी तथा अन्य तरल पदार्थ पिउनुपर्छ ।

चम्किलो छालाका लागि बडी पोलिसिङ

गर्मीमा छालाको चमकमा कमी आउँछ । यसका लागि बडी लोसन प्रयोग गर्नु उपयुक्त हुन्छ । यो मौसममा छालाको चमक हराउँछ । छालाको चमक पुन: प्राप्त गर्न बडी पोलिस आवश्यक छ । बडी पोलिसमा पूरा शरीरमा पोलिस गरिन्छ । पोलिसमा गुणस्तरीय प्रोडक्ट प्रयोग गर्नुपर्छ । यसका लागि बडी क्रिम, बडी वेल, बडी साल्ट, बाम, बडी प्याक तथा एक्सफोलिएसन क्रिम प्रयोग गरिन्छ । बडी स्क्रब पनि पोलिसकै एक हिस्सा हो । यसले छालाको रोमछिद्रमा हुने फोहोर सफा गर्छ । फलफूलको तेल, टुक्रा वा ओटमिलबाट बनेको स्क्रबले छालाको चमकमा निखार ल्याउँछ । यसका अतिरिक्त कुनै फूलको रस शरीरभरि लगाउन सकिन्छ । यसले औषधिको काम गर्छ । यो प्राकृतिक उपचार विधि हो ।

बडी पोलिसिङ प्रोसेस

बडी पोलिसिङ गर्दा सर्वप्रथम शरीरको नर्मल क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि शरीरमा स्क्रब गरिन्छ । यो स्क्रब अनुहारमा प्रयोग गरिने स्क्रबझैं अति नरम हुन्छ । एकदमै हल्का हातले स्क्रब गर्नुपर्छ । यसरी स्क्रब गर्दा मृतकोष बाहिर निस्कन्छ । स्क्रबपछि बाफ लिनुपर्छ अनि बाम लगाउनुपर्छ । यस क्रममा कागती वा भेजिटेवल जुस, टमाटर आदिले मसाज गरिन्छ । त्यसपछि अल्ट्रासोनिक मेसिनले भिटामिन न्युट्रिसन छालाको भित्रसम्म पुर्‍याउँछ । क्रिमले गरिएको मसाजले शरीर नरम हुन्छ । यो प्रोसेसपछि शरीरलाई फाइल पेपरले र्‍याप गर्ने र त्यसमाथि पानीमा भिजाइएको तौलिया राख्ने । २० मिनेटपछि तौलिया निकालेर शरीर सफा गरेपछि बडी पोलिसिङको प्रक्रिया पूरा हुन्छ ।

 

 Image