Successfully Copied

प्रकृति : सौन्दर्यको पोषक

प्रकृति स्वयंमा सौन्दर्यको पोषक वा सौन्दर्य साधनलाई उपलब्ध गराउने सबैभन्दा ठूलो स्रोत पनि हो । प्रकृतिले प्रशस्तै लाभकारी सामग्री उपलब्ध गराएको छ जसले हाम्रो छाला र केशको सौन्दर्य वृद्धि गर्नुका साथै केशको रोग र दोष समाप्त गर्ने क्षमता पनि राख्छ ।

प्रकृति स्वयंमा सौन्दर्यको पोषक वा सौन्दर्य साधनलाई  उपलब्ध गराउने सबैभन्दा ठूलो स्रोत पनि हो । प्रकृतिले प्रशस्तै लाभकारी सामग्री उपलब्ध गराएको छ जसले हाम्रो छाला र केशको सौन्दर्य वृद्धि गर्नुका साथै केशको रोग र दोष समाप्त गर्ने क्षमता पनि राख्छ । प्रकृतिले दिएको सौन्दर्य वृद्धि गर्ने सामग्रीको प्रयोगले शरीरमा कुनै पनि नकारात्मक असर पर्दैन । प्राकृतिक सौन्दर्य प्रसाधकमा छाला शुद्ध गर्ने, छालालाई पौष्टिक पदार्थको पूर्ति गर्ने, चाउरी पर्न नदिने, सुख्खापनलाई समाप्त गर्ने, रोमछिद्रलाई खुल्ला बनाई श्वास लिन सहयोग गर्ने तथा छालामा रौनक ल्याई धेरै हदसम्म बुढ्यौली रोक्ने तत्व हुन्छन् ।

    हिजोआज सौन्दर्य समस्याको समाधानका लागि हेयर स्पा, लेजर ट्रिटमेन्ट, रिनो प्लास्ट, बोटोक्स, वाइपट्रोन ट्रिटमेन्ट, ह्वाइट सिक्रेट, फेस लिफ्टिङ एण्ड नेक लिफ्टिङ, इन्फ्रारेड लेम्प ट्रिटमेन्ट आदि अपनाउनेहरू प्रशस्तै छन् तर पनि प्रकृतिले प्रदान गरेका घरेलु सामग्री प्रयोगमा ल्याउनेहरूको संख्या पनि कम छैन ।  प्राचीन कालमा पनि महिलाहरू प्रकृतिप्रदत्त सम्पदाको उपयोग केश र छालाको रेखदेखका लागि गर्थे । त्यतिबेला आजजस्तो समय नहँुदै केश फुल्ने, छालामा  रुखोपन देखिने तथा छालामा चाउरी पर्ने समस्या त्यतिबेला थिएन । यस्ता समस्या रसायन मिसाइएका सामग्रीको बढी प्रयोगले निम्त्याएका हुन् । क्षणिक सौन्दर्य वृद्धिमा सहयोग पुर्‍याउने तर अन्त्यमा हानी पुर्‍याउने त्यस्ता सामग्रीको साटो प्राकृतिक सौ 

 Image