आकर्षक नङ
पछिल्लो समय लामो नङ पाल्ने चलन छ । विवाह पार्टीमा लामो नङमा आर्ट गर्ने चलन अनिवार्य भइसक्यो । रंगीबिरंगी, विभिन्न डिजाइन र आकारमा बनाइने नङले हातको सौन्दर्य बढाउनुका साथै व्यक्तित्व निखार्छ ।
अनुहारलाइ फेशवासले मात्र सफा गरेर मात्र भित्रैदेखि सफा बन्दैन । छालाको मृतकोष सफा नगरी छाला कान्तिमय देखिदैन । अनुहारमा रहेको डेड सेलले अनुहारलाइ नकारात्मक प्रभाव पार्छ । त्यसैले हप्तामा दुइ पटक स्क्रबले अनुहार सफा गर्नुपर्छ । स्क्रबको अवधारणा फेश वास पछि बजारमा आएको हो । यसमा रहेको साना दानाले अनुहारको डेड स्किन हटाउन सहयोग गर्छ । छालाको प्रकृति हेरी बिभीन्न प्रकारका स्क्रब बजारमा देखिएका छन । यसको नियमित प्रयोगले अनुहारका बिभीन्न समस्या कम हुन्छन । स्क्रब पनि बिभीन्न फलेवर तथा प्याकमा खरीद गर्न सकिन्छ । नेपाली बजारममा एभर युथ , क्लिन एण्ड क्लियर, हिमालयन, लोटस, आस्ताबेरी तथा एल्कोसका स्क्रबको माग अत्यधिक छ ।