Successfully Copied

गर्मीका लागि छालाको सम्पूर्ण हेरचाह

छाला हाम्रो शरीरको बाहिरी तथा सबैभन्दा महत्वपुर्ण भाग हो तसर्थ यसको हेरचाहमा बिशेष ध्यान पुर्‍याउनु पर्छ ।

छाला हाम्रो शरीरको बाहिरी तथा सबैभन्दा महत्वपुर्ण भाग हो तसर्थ यसको हेरचाहमा बिशेष ध्यान पुर्‍याउनु पर्छ । छाला नराम्रो भए यसले मानिसको व्यक्तित्वमा प्रतिकुल असर पुर्‍याउछ तसर्थ छालालाइ समयमै हेरचाह गरी अनुहारमा देखा पर्ने समस्याबाट बचाउन सकिन्छ । गर्मीलाई नै केन्द्रित गरी बजारमा बिभीन्न प्रकारका सनस्किन क्रिम भित्रिएका छन् । प्रचण्ड गर्मीबाट छालालाई बचाउने अचुक उपाय सनस्क्रिन क्रिमको प्रयोग हो । यसले घामबाट निस्कने हानिकारक किरणहरुको प्रभाव तथा असरबाट छालालाई जोगाउँछ । सनस्क्रिम प्रयोग गरीएन भने छालामा नराम्रो दाग देखा पर्नसक्छ । यस्तो दागलाइ पोतो, चाया तथा मखिया आदि नामबाट परिभाषित गरिन्छ । यस्तो प्रकारको दाग छालामा देखा परेपछि यसलाइ हटाउन निकै कठिन हुन्छ । एकपटक छालामा देखिएपछि त्यसलाई हटाउनका लागि मेहेनत, उपचार तथा पैसा अनुमान गरिएभन्दा अधिक पैसा खर्च हुन्छ । त्यसैले गर्मीको मौसममा सनस्क्रिन क्रिम लगाउनु समयमै छालालाइ बचाउनु हो । 

नेपाली बजारमा अहिले बिभीन्न ब्राण्डहरुबीच चर्को प्रतिस्पर्धा छ । सबै ब्राण्डरुले नया–नया प्रविधीका सौन्दर्य सामग्री भित्र्याउने गरेका छन् । हरेक मौसम हाम्रो छालाले फरक फरक तरिकाको हेरचाह खोज्छ । जाडो महिनामा छाला सृुख्खा हुने समस्या हुन्छ भने गर्मीमा छाला तैलीय हुने समस्या आउछ । तैलीयको कारणले गर्दा अनुहार डण्डीफोर आउने पनि प्रवल सम्भावना रहन्छ । त्यसैले अनुहार पोतो चाया आउने मात्र होइन यो मौसममा अनुहारमा डण्डीफोर तथा एक्नेले पनि अनुहारलाइ कुरुप बनाउछ । यस्ता समस्यबाट जुध्न उपयुक्त सौन्दर्य प्रशाधन आवश्यक पर्छ । बाहिरी काम गर्ने तथा स्कुटर चलाउनेहरुका लागि त यस्ता प्रसाधन नभै हुदैन । हर्बलदेखि रसायन प्रयोग भएका यस्ता सामग्रीहरुको माग उत्तिकै छन् । अहिले छालाका चिकित्सकहरुले पनि यस्ता प्रसाधन प्रयोगका लागि सल्लाह दिन्छन् । नेपाली बजारमा गर्मीलाइ केन्द्रित गरि भएभरका सामग्री भित्रीएका छन् । बजारमा बिभीन्न फ्लेवरका सन स्क्रिन क्रिम तथा फेशवास खरीद गर्न सकिन्छ । 

सनस्क्रिन क्रिम 

बिगत एक दशकदेखि नेपाली सौन्दर्यबजारमा सनस्क्रिन क्रिमको माग ह्वात्तै बढेको छ । नेपाल उचाइको दृष्टिकोणले निकै माथि रहेको हुनाले यहाँ घामको किरणको प्रभाव अधिक पर्छ । त्यसैले यहाँका बासिन्दाहरुमा छालाका समस्या देखा पर्छ । यस्ता समस्या हटाउन बजारमा अहिले बिभीन्न एसपीएफका सन क्रिम पाइन्छ । आफनो अनृुहारको छालाको प्रकृति तथा रंग हेरेर सनस्क्रिन क्रिम चयन गर्नुृपर्छ । तैलीय छाला छ भने ओइल फ्रि सन क्रिम प्रयोग गर्नु पर्छ । नेपालको घाम अनुसार नेपालीहरुले एसपीएफ ५० युक्त सन क्रिम प्रयोगमा ल्याउनु उपयुक्त हुने बताइन्छ । एसपीएफले नै अनुहारको छालालाइ घामबाट बचाउछ । अहिले नेपाली बजारमा एसपीएफ २० देखिका सन क्रिम पाइन्छन् । सनस्क्रिन क्रिमलाइ सन जेल क्रिम , सन ब्लक क्रिम , सनसिल्ड क्रिम , सन लोसन क्रिम आदि नाममा बजारमा आएका छन । पिलो प्याकदेखिको प्याकेजिगंमा उपलब्ध यस्ता सनक्रिम लोशन वा क्रिमका रुपमा उपलब्ध हुन्छन् । प्रकृति फरक भएपनि यिनले छालाको रक्षा गर्ने काम भने गर्छन् । 

सनस्क्रिन क्रिम 

यो क्रिम बेसमा आउछ । यो तैलीय तथा सुख्खा दुबै छालाका लागि उपयोगी हुन्छ । यो क्रिम अनुहारमा लगाएपछि केहिबेर मसाज गर्नुपर्छ । यो घाममा निस्कनुभन्दा २० मिनेटअघि अनुहारमा लगाउनु पर्छ । सम्भव भए यो क्रिम लगाएको केहि घन्टा पछि पुन: लगाउनु  पर्छ ।

सन क्रिम लोशन 

यो केहि तरल प्रकृतिको हुन्छ । यो सुख्खा छालाका लागि बढी पयोगी हुन्छ । यो तरल अवस्थामा हुने भएकाले ब्लेन्ड गर्न सजिलो हुन्छ । यो पनि बजारमा बिभीन्न प्याकिगंमा खरीद गर्न सकिन्छ । 

फेश वास 

फेश वास अनुहार सफा गर्न प्रयोग गरिन्छ । यसले अनुहारलाइ कुनै प्रकारको असर नगरी छाला सुन्दर तथा कान्तिमय बनाउछ । साबुन अनुहारका लागि निकै हानिकारक हुन्छ किनभने यसले अनुहारलाइ रुखो बनाइ दाग ल्याउछ । त्यसैले आफनो अनुहारको स्याहारका लागि फेशवास निकै उपयोगी छ । फेशवासले छालाको रोमछिद्र खुलाएर छालालाइ स्फुर्त बनाउछ । रोम छिद्र बन्द हुदा छालामा राम्ररी हावा प्रसार हुन पाउदैन । यसो गर्दा छालामा बिभीन्न समस्या पैदा हुन्छ । यस्ता समस्याहरुबाट फेशवासले बचाउछ । नेपाली बजारमा बिभीन्न फलेवर तथा प्याकमा फेशवास खरीद गर्न सकिन्छ । फलेवर अनुसार बिभीन्न सेन्ट तथा रंगका फेश वास अहिले बजारमा देखिएका छन । पार्टेबलदेखि ठूला मेजर प्याकहरुका फेशवास खरीद गर्न सकिन्छ । अनुहारको प्रकृतिअनुरुप फेश वास छनोट गर्नुपर्छ । अहिले बिशेषगरी एलोबेरा तथा पपैयाको फेशवासको माग अधिक छ । बिशेषगरी मेकअप गरेपछि तथा युवतीहरुका लागि फेशवास प्रयोग गर्नु अत्यावश्यक छ । हर्मोन परिवर्तन हुने बेलामा अनुहारको छालामा पनि विभीन्न परिवर्तन देखा पर्छ त्यसैले यसबेला राम्रो ब्राण्डको फेशवासले अनुहारमा सन्तुलन ल्याउन सकिन्छ । नेपाली बजारमा हिमालय ,लोटस , निभिया , क्लिन एण्ड क्लियर , आस्ताबेरी , जोकोज , एल्कोस , एभर युथ , लेक्मी , लोरियल , ग्रीन टि , जोय आदि ब्राण्डहरुले बजार लिएका छन । यो उत्पादनले गर्दा जनमानसहरुमा मुख धुनु पर्छ भन्ने सन्देश पनि फैलिएको छ । दिनभरी हिडदा घाम तथा प्रदूषणले बिगारेको अनुहार फेशवासको नियमित प्रयोगले स्वस्थ एवं चमकदार बन्छ । छालाका चिकित्सक तथा सौन्दर्यविद्हरु पनि फेश वास प्रयोग गर्न सल्लाह दिन्छन । 

स्क्रब 

अनुहारलाइ फेशवासले मात्र सफा गरेर मात्र भित्रैदेखि सफा बन्दैन । छालाको मृतकोष सफा नगरी छाला कान्तिमय देखिदैन । अनुहारमा रहेको डेड सेलले अनुहारलाइ नकारात्मक प्रभाव पार्छ । त्यसैले हप्तामा दुइ पटक स्क्रबले अनुहार सफा गर्नुपर्छ । स्क्रबको अवधारणा फेश वास पछि बजारमा आएको हो । यसमा रहेको साना दानाले अनुहारको डेड स्किन हटाउन सहयोग गर्छ । छालाको प्रकृति हेरी बिभीन्न प्रकारका स्क्रब बजारमा देखिएका छन । यसको नियमित प्रयोगले अनुहारका बिभीन्न समस्या कम हुन्छन । स्क्रब पनि बिभीन्न फलेवर तथा प्याकमा खरीद गर्न सकिन्छ । नेपाली बजारममा एभर युथ , क्लिन एण्ड क्लियर, हिमालयन, लोटस, आस्ताबेरी तथा एल्कोसका स्क्रबको माग अत्यधिक छ । 

फेश मास्क 

मुखुन्डो लगाउने चलन हामी नेपालीहरुको परम्परागत रुपमा चल्दै आएको छ । यहि बिधी तथा तरिकालाई पछ्याउदै अहिले बिभीन्न जैविक तत्वयुक्त फेश मास्क बजारमा आएका छन । अनुहारको संरचनामा मिल्ने गरी बनाइएको यो मास्कमा अनुहारका लागि आवश्यक तत्वहरुको मिश्रण गरिएको हुन्छ । यसलाई अनुहारमा लगाउँदा चिसो अनुभव हुन्छ । यसले अनुहार चम्किलो बनाउछ । कुनै मास्क एक पटकमा एक पटक प्रयोगमा ल्याइन्छ भने कुनै कुनै ३ पटक सम्म प्रयोगमा ल्याइन्छ । फेस मास्क हप्ताको एक पटक लगाउनुपर्छ ।

झरना नहर्की 

 Image