Successfully Copied

अरोमाथेरेपिद्वारा तनावबाट मुक्ति

अरोमाथेरेपी शब्द दुई शब्द मिलेर बनेको छ ।

अरोमाथेरेपी शब्द दुई शब्द मिलेर बनेको छ । पहिलो अरोमा, जसको अर्थ हुन्छ सुगन्ध र दोस्रो शब्द थेरेपी अर्थात उपचार । यसैले अरोमोथेरेपीको अर्थ हुन्छ सुगन्धबाट उपचार गर्नु । स्पामा अरोमोथेरेपीको प्रयोग र प्रचलन बढदो पाइन्छ र बोटविरुवाबाट निकालिएको इसेशियल ओयल्सको प्रयोगमा आधारित हुने गर्दछ । अरोमाथेरेपी एउटा आरोग्यकार र प्रभावकारी थेरेपी हो, जसले यसलाई प्रयोग उसको मस्तिष्क, शरीर र आत्मामा राम्रो प्रभाव पर्ने गर्दछ । स्ट्रेसबाट मुक्तिका लािग यो लाभकारी छ । प्रि–वेडिङ स्ट्रेस कम गर्नका लागि बर–वधुका लागि इसेन्सियल ओयल्सको प्रि–वेडिङ स्ट्रेस किटको विशेष प्रयोग पाइन्छ । यस अन्तर्गत विभिन्न फूलहरुको इसेन्सियल ओयल प्रयोग गरिन्छ, जसको फाइदा पनि भिन्न भिन्न हुने गर्दछ ।

–लेवेन्डर– पछिल्लो कयन शताब्दिदेखि यो सबैभन्दा बढी रुचाइएको इसेन्सियल ओयलका रुपमा रहेको पाइन्छ । लेवेनडरले तपाईलाई शारीरिक र आध्यात्मिक तरिकाबाट राहत पु–लेवेन्डर– पछिल्लो कयन शताब्दिदेखि यो सबैभन्दा बढी रुचाइएको इसेन्सियल ओयलका रुपमा रहेको पाइन्छ । लेवेनडरले तपाईलाई शारीरिक र आध्यात्मिक तरिकाबाट राहत पुयाउने गर्दछ । धेरै मात्रामा प्रयोग गरेमा यसले धेर हदसम्म शान्ति, राहत र आराम पुर्‍याउने गर्दछ । अधिक मात्रामा प्रयोग गरिएमा यसले इन्द्रियहरुलाई बढी नै उत्तेजित गर्ने गर्दछ । 

जसमिन/चमेली– फूलहरुमध्ये यो सुगन्ध सबैभन्दा कामुक हुने गर्दछ । प्राय: गरी यसलाई फूलहरुको तेलको राजा र सुगन्धको रानी मानिन्छ । चमेलीलाई कामोत्तेजक रुपमा मानिन्छ र प्राय: यसको प्रयोग लव पोशन्समा गर्ने गरिन्छ । मन र आत्मामा काबु प्राप्त गर्नका लागि यही तेलको प्रयोग गरिनुपर्छ । यसको प्रयोग अधिकांश गरी बेहुली सजाउनमा गरिन्छ, कारण यसबाट आत्मव्श्विास प्राप्त हुने गर्दछ । यसको सुगन्ध, मनमोहक, मीठो र धेरै समयसम्म रहने खालको हुने गर्दछ ।

–बेसिल– यो सिमपेथेटिक नर्वस सिस्टम र पुरुषको सम्पूर्ण यौन प्रतिक्रियालाई प्रोत्साहित गर्ने खालको हुन्छ । यसले मानसिक रुपमा पनि राहत प्रदान गर्दछ । इतावली भाषामा बेसिलको अर्थ हुन्छ ‘किसमी, निकोलस र यो प्रेमको प्रतिक हुने गर्दछ । 

–चन्दनको काठ– मीठो काठको जस्तो सुगन्धको प्रयोग आमरुपमा ध्यान केन्द्रित गर्न र आध्यात्म्कि कामका लागि गर्ने गरिन्छ । चन्दनको काठमा लामो समयसम्म कायम रहने र आकर्षक सुगन्धित हुने गर्दछ । यो सबैभन्दा पुरानो सुगन्ध मध्येको एक हो । यो ओयल सौम्य र पीडा कम गर्ने खालको हुनाले साथै यसले  स्वंयलाई व्यक्त गर्न पनि मद्दत गर्दछ । आमरुपमा यसले इन्द्रियहरुलाई उत्तेजित गर्ने गर्दछ । 

–कलेरी सेज– उल्लासबाट भरपुर, डिप्रेसन कम गर्नका लागि यसले सकारात्मकता र खुसीलाई बढावा दिने गर्दछ । 

–यांग–यांग– स्त्री–पुरुष दुवैलाई उत्तेजित गर्न सक्षम ‘यांग–यांग सुगन्ध धेरै हदसम्म आरामदायक हुने गर्दछ । यांगको अर्थ हुन्छ फूलहरुको फूल ।

 Image