पार्टी मेकअप
चिल्लो छाला भएकाले पार्टी मेकअप गर्दा राम्रोसँग क्लिन्जिङ गरेर वाटरप्रुफ म्याट मेकअप गर्नुपर्छ

दुई ग्लास पानीमा एक चम्चा चियाको पत्ति हालेर पानी केही समय उमाल्नुपर्छ त्यसपछि यसमा कागतीको रस हाल्नुपर्छ । यो मिश्रणले केश पखाल्दा केशमा चमक आउँछ ।
एक ग्लास बियर लिएर कंडीसनर जस्तै गरी यसलाई केशमा लगाउनुपर्छ । यसले केशलाई चमकदार तथा चम्किलो बनाउँछ ।
मुसुरोको दाललाई पानीमा भिजाएर पानीले केश धुदा यसले केशलाई नरम तथा चम्किलो बनाउँछ । केश सुख्खा छ तथापि आफूलाई प्याक लगाउने फुर्सद छैन भने दुई चम्चा मह तथा २ चम्चा रमलाई पानीमा हालेर केशलाई पखाल्नुपर्छ । यसले केशलाई नरम तथा मुलायम बनाउँछ ।
केशलाई अधिक प्रयोग गर्नु राम्रो मानिँदैन । त्यसैले ब्लो ड्राइ, केमिकल स्टेनिङ, कलरिङ आदि जस्तो प्रक्रिया जहाँसम्म कम गराउनुपर्छ ।