Successfully Copied

सौन्दर्य वृद्धि गर्ने उपाय

विवाहको समय निश्चित भएपछि दुलहीका लागि २ देखि ३ महिनाको समय बिताउन निकै कठिन हुन्छ।

विवाहको समय निश्चित भएपछि दुलहीका लागि २ देखि ३ महिनाको समय बिताउन निकै कठिन हुन्छ। उनलाई तयारीको व्यस्तता तथा कसरी नयाँ वातावरणमा घुलमिल हुने भन्ने भयले सताउँछ । डरका कारण उनको अनुहारको चमकमा कमी आउँछ तसर्थ समय छँदै विवाहको तयारीका साथै सौन्दर्य कायम राख्न अग्रसर हुनुपर्छ । विवाह आउन थोरै दिन मात्र बाँकी छ भने सौन्दर्यमा थप ध्यान पुर्‍याउनुपर्छ । 

खाना र शारीरिक तन्दुरुस्ती 

आफूलाई तन्दुरुस्त राख्न योजनाबद्ध तरिकाले लाग्नुपर्छ । ५ किलो वजन कम गर्नु छ भने २ महिनाअघिदेखि आफूलाई तयार गर्नुपर्छ । किनभने छोटो समयमा धेरै तौल घटाउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसका लागि अन्य कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ । 

–डाइटमा ध्यान दिनुपर्छ । डाइटिसियनको सहयोग लिई डाइट चार्ट तयार गर्नुपर्छ । 

–भोजनको मात्रामा कमी ल्याउनुपर्छ । क्यालोरी मापन गरेर खाना खानुपर्छ । धेरै तारेको तथा चिल्ला–पिरा खानेकुराबाट बच्नुपर्छ । 

–भोजनमा पर्याप्त भिटामिन र मिनरल भएका खानेकुरा सामेल गर्नुपर्छ । ताजा फल र तरकारी खानुपर्छ । 

–कागती पानी, फलको जुस एवं सुपजस्ता तरल पदार्थ बढी सेवन गर्नुपर्छ । 

–खाना खाने निश्चित समयतालिका बनाउनुपर्छ । खानालाई राम्रोसँग चपाएर खानुपर्छ । 

–बाहिर खाना खानुभन्दा साथमा ड्राइफ्रुट र स्न्याक्स राख्नुपर्छ । 

 Image