Successfully Copied

केश सुख्खा भएमा

केशलाई सुन्दरताको प्रतीक मानिन्छ । कुनै पनि मानिसको व्यक्तित्वमा केशले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले पनि मानिसहरू केशका मामिलामा बढी सजग देखिन्छन् । यसमा महिलाहरू अझ बढी सजग हुन्छन् ।

केशलाई सुन्दरताको प्रतीक मानिन्छ । कुनै पनि मानिसको व्यक्तित्वमा केशले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले पनि मानिसहरू केशका मामिलामा बढी सजग देखिन्छन् । यसमा महिलाहरू अझ बढी सजग हुन्छन् । ब्युटिपार्लर गएर आफ्नो केशको हेरचाह गराउनु, महँगा साधन प्रयोग गर्नु त एउटा फेसन नै भैसकेको छ । यद्यपि व्यस्तता वा आर्थिकस्थितिका कारण सबैजसोले आफ्नो केशको स्याहार गर्न सक्दैनन् । प्रदूषणयुक्त वातावरण, खराब पानी, असन्तुलित खानपान, मानसिक तनाव, कडा रसायनयुक्त प्रसाधनको प्रयोगले केश खस्रो हुने, केशमा जरा पलाउने, टुक्रने तथा झर्ने हुन्छ । यस्ता समस्याबाट जोगिन हेयर ट्रिटमेन्ट प्रयोग गर्नुपर्छ । यस्ता हेयर ट्रिटमेन्ट जुनसुकै केशमा पनि लगाउन सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले केशलाई स्याम्पु गरी रुमालले पुछ्नुपर्छ । केशलाई पूर्णरूपमा सुख्खा हुने गरी पुछ्नु हुँदैन । आधा भिजेको अवस्थामा हेयर ट्रिटमेन्टलाई पूरै केशमा लगाएर हल्का मसाज गर्नुपर्छ । त्यसपछि १५ मिनेट स्टिम लिनुपर्छ । स्टिम लिन सम्भव नभए रुमाललाई तातोपानीमा भिजाएर राम्रोसँग निचोरी १५ मिनेटसम्म केशमा बेरेर राख्नुपर्छ । त्यसपछि सफा पानीले केश पखाल्नुपर्छ । यसो गर्दा सुख्खा हाँगा पलाउने, टुक्रिने तथा केश झर्ने समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।

पवी गुरु्ङ 

क्लियोपेट्रा ब्युटिसैलुन

 Image