Successfully Copied

हटाऔं ब्ल्याक हेड्स

तैलीय ग्रन्थिहरू सक्रिय भएपछि हुने स्राव रोमछिद्रका मसिना नलीहरूमा जम्मा हुन्छ । यसबाट ग्रन्थि ठूलो हुने तथा ती ग्रन्थिमा सिवम र मृत छाला जम्मा भै ब्ल्याक हेड्स निर्माण हुन्छ ।

तैलीय ग्रन्थिहरू सक्रिय भएपछि हुने स्राव रोमछिद्रका मसिना नलीहरूमा जम्मा हुन्छ । यसबाट ग्रन्थि ठूलो हुने तथा ती ग्रन्थिमा सिवम र मृत छाला जम्मा भै ब्ल्याक हेड्स निर्माण हुन्छ। त्यसपछि रोमछिद्र ठूलो हुँदैन तर यसले विस्तारै एक्नेको रूप लिन्छ । ब्ल्याक हेड्सले एक्नेको रूप नलियोस् भन्ने हेतुले केही सामान्य उपचार गराउनुपर्छ।

–छालाअनुरूप फेसवास वा साबुन छनोट गर्नुपर्छ । छाला तैलीय छ भने दैनिक दुई–तीन पटक धुनुपर्छ। फ्रुट वा लेमन वास राम्रो हुन्छ भने क्रिमयुक्त साबुन वा फेसवास प्रयोग गर्नु हुँदैन।

–दिनमा कम्तीमा दुईपटक स्किन टोनर प्रयोग गर्नुपर्छ । राम्रो क्वालिटीको टोनरले रोमछिद्रलाई सामान्य राख्नुका साथै त्यसमा केही सुधार पनि ल्याउँछ।

–पसिनाले गर्दा रोमछिद्र खुलेर तिनमा धूलोमैलो जमेपछि एक्ने एवं पिम्पलको समस्या हुन्छ । अत: चिसो पानीले नियमित अनुहार धुनुपर्छ।

–१/४ सानो चम्चा चन्दन पाउडर, केही पत्ता सुकेको गुलाब, एक चिम्टी जाइफल पाउडर तथा दुई ठूलो चम्चा गुलाबजल मिसाएर दस मिनेटसम्म अनुहारमा प्रयोग गर्न सकिन्छ ।

–लेक्टोकेलामाइनलाई पनि खुल्ला रोमछिद्रको समस्यामा प्रयोग गर्न सकिन्छ । यसलाई दिनमा दुईपटक ओयल फ्री मोस्चराइजरसित मिसाएर लगाउनुपर्छ।

–रोमछिद्र ठूलो भएर भद्दा देखिएको भए लेजर ट्रिटमेन्ट गराउनुपर्छ । यसबाहेक डायमन्ड पोलिसी, माइक्रोडर्माएब्रेजन पनि उपयुक्त हुनसक्छ । यिनमा विशेष खालको वेभलेन्थबाट रोमछिद्रमा कसिलोपन ल्याइन्छ र त्यसलाई सामान्य अवस्थामा पुर्‍याइन्छ । यसबाट छाला कोमल एवं स्वस्थ देखिन्छ।

–ब्ल्याक हेड्सको समस्यामा निम स्क्रब सोपले अनुहार धुँदा फाइदा हुन्छ।

–क्लिनडामाइसिन जेल प्रभावित ठाउँमा प्रयोग गर्नु पनि लाभदायक हुन्छ।

–फ्रुट प्याक वा चन्दनयुक्त प्याक ब्ल्याक हेड्स रोकथामका लागि उपयोगी हुन्छ।

–नन ओल्कोहलिक टोनर, नन कोमिडोजिन नाइट क्रिम, सन स्क्रिन तथा मोस्चराइजर प्रयोग गर्नुपर्छ।

–सातामा एकपटक फ्रुट स्क्रव एवं सातामा दुई पटक चन्दन प्याक प्रयोग गर्न सकिन्छ ।

–नियमित रूपमा गुलाबजल प्रयोग गर्नुपर्छ । गुलाबजललाई छालामा लगाएर हातले विस्तारै थपथपाएर सफा गर्नुपर्छ । इच्छाअनुसार गुलाबजल र पानी मिसाएर आइस क्युब जमाउनुपर्छ र त्यसलाई स्क्रब गरिसकेपछि प्रयोग गर्नुपर्छ । यो आइस प्याक ब्ल्याक हेड्स र ठूलो रोमछिद्रको समस्या हटाउन अत्यन्त उपयोगी हुन्छ।

–पुदिना, तुलसी र निमको रस मिसाइएको पानीबाट आइस क्युब बनाएर अनुहार सफा गरी लगाउनाले तैलीय ग्रन्थिहरू कम सक्रिय भै ब्ल्याक हेड्स कम हुन्छ।

–पार्टीमा जान हतार छ भने मुहार सफा गरेर नाकमा ब्ल्याक हेड्स रिमुवर स्ट्रिप टाँस्नुपर्छ। २० मिनेटपछि निकालेर फेसप्याक प्रयोग गर्नुपर्छ अनि सुकेपछि चिसो पानीले अनुहार धुनुपर्छ।

 

 Image