Successfully Copied

गर्मीमा केशको सुरक्षा कसरी गर्ने ?

गर्मीमा हेयरवास नियमितजसो गरिन्छ, जसले गर्दा केश सुख्खा हुन्छ । केशलाई सुख्खा हुन नदिन माइल्ड स्याम्पु प्रयोग गर्नु उपयुक्त हुन्छ ।

गर्मीमा हेयरवास नियमितजसो गरिन्छ, जसले गर्दा केश सुख्खा हुन्छ । केशलाई सुख्खा हुन नदिन माइल्ड स्याम्पु प्रयोग गर्नु उपयुक्त हुन्छ ।

-    केश धोएपछि कन्डिसनरको प्रयोग अनिवार्य गर्नुपर्छ ।

-    घाममा निस्कदा केशलाई स्कार्फले छोप्नुपर्छ वा छाता ओढ्नुपर्छ ।

-    आधा एबोकाडोलाई म्यास गरी त्यसमा केही थोपा पिपरमेन्ट एसेन्सियल ओयल मिसाउनुपर्छ । केश स्याम्पु गरेर पानी निचोरेपछि यो मास्क प्रयोग गरी १५ मिनेटपछि धुनुपर्छ । केश तैलीय र चिपचिप रहँदैन र नरम पनि हुन्छ ।

-    दुई टेबल चम्चा नरिवलको तेल भिजेको केशमा प्रयोग गर्नुपर्छ । रातभरि लगाएर भोलिपल्ट स्याम्पु गर्नुपर्छ । यसबाट केश हेल्दी रहन्छ ।

-    एउटा केरामा एक चम्चा ओलिभ ओयल मिसाएर राम्रोसँग फिट्नुपर्छ । जब केराको प्युरी बन्छ तब त्यसले केश र स्काल्पमा मसाज गर्नुपर्छ । ३० मिनेटपछि केश धुनुपर्छ ।

-    कागतीको रसमा ओलिभ ओयल मिसाएर मसाज गर्दा सुख्खा केशमा चमक प्राप्त हुन्छ ।

-    दही वा तर लगाउँदा केश र्झन बन्द हुनुका साथै चायाँको समस्या पनि हट्छ ।

-    समान मात्रामा प्याज र कागतीको रस मिक्स गरी स्याम्पु गर्नुभन्दा केही समय मसाज गर्नु केशका लागि फाइदाजनक हुन्छ ।

-    अमला-सिकाकाई पाउडरलाई दहीमा मिसाएर केशमा प्रयोग गर्नुपर्छ । यो राम्रो कन्डिसनर हो ।

-    सुख्खा अमलाका सानो टुक्रालाई नरिवलको तेलमा तताएर चिसो भएपछि छानेर केशमा नियमित प्रयोग गर्नाले केश र्झन कम हुन्छ र यसले हेयर टनिकको काम गर्छ ।

-    केश धेरै ड्राई छ भने आधा कप मुलतानी माटोमा दुई चम्चा नरिवलको तेल तथा अण्डाको सेतो भाग मिसाएर पेस्ट बनाउने । यो पेस्ट केशमा राम्रोसँग लगाएर २० मिनेट रहन दिई स्याम्पु गर्दा फाइदा हुन्छ ।

-    तैलीय केशका लागि एक कप मेहन्दी पाउडरमा एक चम्चा कागतीको रस र एउटा अण्डाको सेतो भाग मिसाउनुपर्छ । अण्डा मन पर्दैन भने दही प्रयोग गर्न सकिन्छ । यसलाई आधा घन्टा केशमा प्रयोग गरेपछि स्याम्पु गर्नुपर्छ ।

-    निमको पातको पेस्ट बनाई त्यसले केश धोए केश र्झन बन्द हुनुका साथै संक्रमणबाट पनि जोगिन्छ ।

सन ड्यामेजको उपचार

-    एलोबेराको पल्पमा कागतीको रस मिसाएर केशमा प्रयोग गरी १५ मिनेटपछि केश धुनुपर्छ ।

-    अण्डाको पेस्ट केशमा लगाउँदा पनि सन ड्यामेजमा फाइदा हुन्छ । तैलीय केशमा अण्डाको सेतो भाग, ड्राई केशमा पहेंलो तथा नर्मल केशमा पूरा अण्डा प्रयोग गर्नुपर्छ । त्यसपछि मनतातो पानीले केश धुनुपर्छ ।

-    स्याम्पु गरेपछि केशलाई वियरले रिन्स गरे केश चम्किलो रहन्छ ।

-    ड्यामेज्ड केशका स्काल्पमा दही प्रयोग गरी १५ मिनेटपछि केश धुुनुपर्छ ।

-    एउटा पाकेको केरा म्यास गरी त्यसमा एक चम्चा मह मिसाएर तयार पारिएको पेस्ट प्रयोग गर्दा ड्यामेज केशलाई फाइदा हुन्छ ।

अन्य उपाय

-    पानी प्रशस्त पिउनुपर्छ । नरिवल पानी, फ्रुट जुस एवं हेल्दी डाइट खानुपर्छ । पर्याप्त मात्रामा झोल पदार्थ खानुपर्छ । यसबाट शरीर शीतल रहन्छ र पोषण प्राप्त हुन्छ भने केश झर्ने समस्या पनि कम हुन्छ ।

-    गर्मीमा केशमा तेल मसाज गर्दा केशको जरा मजबुत हुन्छ । गर्मीमा सातामा एकपटक तेल मालिस गरेर माइल्ड स्याम्पुले केश धुनुपर्छ ।

-    स्वीमिङ पुलमा सावर क्याप प्रयोग गर्नुपर्छ अन्यथा पुलको पानीमा हुने केमिकलले केशलाई हानी पुर्‍याउन सक्छ ।

-    स्टाइलिङका लागि स्टाइलिङ जेल वा हेयर ड्रायर प्रयोग गर्दा केश ड्राई हुने भएकाले केशको अझ बढी हेरचाह गर्नुपर्ने हुन्छ ।

समर हेयर क्लिन्जर

-    एउटा अण्डालाई एक कप स्किप्ड दूधमा राम्रोसँग फिटेपछि त्यसलाई स्काल्पमा प्रयोग गरी ५ मिनेटपछि केश धुनुपर्छ । यसलाई सातामा दुई पटक प्रयोग गर्न सकिन्छ ।

-    एक कप कोकोनट मिल्कमा दुई चम्चा चनाको आटा र एक चम्चा सिकाकाई पाउडर मिसाएर पेस्ट बनाउने । त्यसबाट केश र स्काल्प मसाज गरी ५ मिनेटपछि केश धुनुपर्छ । यसलाई सातामा एकपटक प्रयोग गर्नु लाभदायक हुन्छ ।

प्रोटिन कन्डिसनर

एक-एक चम्चा केस्टर ओयल, ग्लिसरिन, माइल्ड हर्बल स्याम्पु, साइडर भिनेगर तथा प्रोटिनलाई राम्रोसँग फिटेर स्काल्पमा प्रयोग गरी २० मिनेटपछि सादा पानीले धुने ।

 Image