Successfully Copied

गर्मीका लागि फल

गर्मीमा फलबाट भिटामिन मात्र प्राप्त हुँदैन शक्तिका साथै सौन्दर्य पनि प्राप्त हुन्छ । फल खानाले छालाभित्र तथा बाहिर पनि सफा हुन्छ ।

गर्मीमा फलबाट भिटामिन मात्र प्राप्त हुँदैन शक्तिका साथै सौन्दर्य पनि प्राप्त हुन्छ । फल खानाले छालाभित्र तथा बाहिर पनि सफा हुन्छ । धूलो, घाम, पसिना आदिका कारण छाला बिग्रने समस्या हुन्छ । फलको सेवनबाट छालालाई प्राकृतिक पोषण प्राप्त हुन्छ भने फलको लेपले छालाको प्राकृतिक चमक वृद्धि हुन्छ ।

आँप : फलको राजा मानिने आँपमा पर्याप्त मात्रामा भिटामिन 'ए' हुन्छ । भिटामिन ए छाला र आँखाका लागि लाभदायक मानिन्छ । छालाको बाहिरी सुन्दरता बढाउन यो अत्यन्त उपयोगी छ । सनट्यान हटाउन र अनुहारको चमक बढाउन दुई चम्चा आँपको गुदीमा एक चम्चा मह, एक चम्चा दही तथा एक चिम्टी बेसार मिसाई अनुहारमा लगाएर १०-१५ मिनेटपछि धोए अनुहार सफा एवं ताजा देखिन्छ ।

खरबुजा : शरीरलाई शीतलता प्रदान गर्ने खरबुजा छालाका लागि पनि अत्यन्त उपयोगी साबित हुन्छ । दुई चम्चा खरबुजाको गुदीमा आधा चम्चा र डेढ चम्चा मुलतानी माटो मिसाएर दुई-तीन मिनेटसम्म मसाज गर्नुपर्छ । त्यसको १० मिनेटपछि अनुहार धुँदा छालाको चमक बढ्छ ।

केरा : बाह्रै महिना प्राप्त हुने केराको माग गर्मी मौसममा बढ्छ । केरालाई छालामा प्रयोग गर्नाले चमक आउँछ । केराको गुदीमा थोरै मह मिसाएर मुहार तथा घाँटीमा ५ मिनेटसम्म मसाज गरेर ५ मिनेट सुक्न दिएपछि अनुहार धुँदा ब्ल्याक हेड्स हट्छ ।

अंगुर : अंगुरले पाचनशक्ति बढाउँछ । अंगुरको सेवनले छालाको चमक पनि बढ्छ । अंगुरको प्रयोग बाहिरी छालाको उपचारमा पनि हुन्छ । अंगुरको गुदीमा मुलतानी माटो मिसाएर प्याक तयार गरी अनुहारमा लगाएर १५-२० मिनेटपछि मुहारलाई धुँदा छाला सफा देखिन्छ ।

मेवा : बाह्रै महिना उपलब्ध हुने मेवामा छालाको सुन्दरता बढाउने सबै तत्व पाइन्छ । मेवाका ४-५ टुक्रा नियमित खानाले अनुहारको चाउरी कम हुन्छ । एक चम्चा मेवाको गुदी, एक चम्चा मह र एक चम्चा मुलतानी माटो मिसाएर अनुहारमा लगाएर १०-१५ मिनेटपछि धुँदा छालामा चमक आउनुका साथै चाउरी पनि कम हुन्छ ।

कागती : गर्मी मौसममा कागतीपानी पिउँदा शरीरलाई शीतलता प्राप्त हुनुका साथै सुन्दरता पनि वृद्धि हुन्छ । छाला टोनिङका लागि कागतीको रस एकदम फाइदाजनक छ । कागतीको रसलाई सीधै वा मुलतानी माटो, बेसन, मह, दही आदिमा मिसाएर अनुहारमा प्रयोग गर्नाले अनुहारको छालामा चमक आउँछ ।

सुन्तला : गर्मीमा पनि प्राप्त हुने सुन्तला छालाको सुन्दरताका लागि लाभदायक हुन्छ । सुन्तलाको ताजा टुक्रा अनुहारमा दल्दा छाला सफा, कोमल एवं चम्किलो देखिन्छ ।

नरिवल पानी : नरिवल पानीले शरीरमा शक्ति बढाउनुका साथै शीतलता पनि प्रदान गर्छ । यसमा पाइने भिटामिन 'ई' छालाको सुन्दरता बढाउन सहायक हुन्छ । नरिवल पानी सीधै वा बेसन वा मुलताली माटोमा मिसाएर अनुहार एवं घाँटीमा लगाउँदा छाला गोरो हुन्छ ।

 Image