Successfully Copied

करेक्टिभ मेकअप

प्रकृति प्रदत्त शारीरिक कमी-कमजोरीलाई मेकअपका माध्यमबाट लुकाउन सकिन्छ । कुनै नमिलेको भाग मिलाउन सकिन्छ ।

प्रकृति प्रदत्त शारीरिक कमी-कमजोरीलाई मेकअपका माध्यमबाट लुकाउन सकिन्छ । कुनै नमिलेको भाग मिलाउन सकिन्छ । आफूमा भएको कमजोरी लुकाउन तथा आफ्नो सुन्दरतामा निखार ल्याउन मेकअप जादुको छडी जत्तिकै काम गर्छ । करेक्टिभ मेकअपको माध्यमबाट हलुका सेड तथा विभिन्न रंगको सहयोगले आफ्नो अनुहारको फिचर्सलाई निखार्न सकिन्छ । अनुहारलाई नापतौल गरी नयाँ रूप दिन सकिन्छ । मेकअपको सहायताले पातलो ओठलाई मोटो देखाउन सकिन्छ । आखीभौं फरक-फरक छ भने त्यसलाई मिलाउन सकिन्छ । मेकअप करेक्टरको सहायताले अनुहारमा भएका कुनै पनि दोषलाई हटाउन सकिन्छ । यसको प्रयोगबाट अनुहारमा भएका दाग पनि कम गर्न सकिन्छ ।

टिप्स

करेक्टिभ मेकअप गराउँदा कतिपय कुरामा ध्यान पुर्‍याउनुपर्छ । हाइलाइटले अनुहारको सुन्दरतामा निखार ल्याउँछ ।

स्याडोका माध्यमबाट अपूर्ण फिचरहरू लुकाउन सकिन्छ ।

अनुहारमा मेकअप ब्लेन्ड गर्नुपर्छ जसले गर्दा श्रृंगार अस्वभाविक नलागोस् ।

करेक्टिभ मेकअप टुल्स

लाइट, मिडियम तथा डार्कसेडसको लिप लाइनिङ । फाउन्डेसनको अलग-अलग सेडस । हलुका तथा गाढा रंगको कन्सिलर । हलुका तथा गाढा रंगको स्याडो तथा आइलाइनर ।

ट्रासुलेन्ट पाउडर

मेकअप स्पन्ज, ब्रस तथा एप्लिकेटर्स ।

ट्वीजर ।

विधि

गोलो आँखालाई लामो देखाउन आँखाको बाहिरी कुनादेखि अगाडिसम्म फैलाउनुपर्छ । यसो गर्दा आँखा ठूलो तथा राम्रो देखिन्छ ।

सानो आँखालाई ठूलो तथा राम्रो देखाउन स्याडोलाई आँखाको किनारमा लगाउनुपर्छ ।

धसिएको आँखाका लागि क्रिजमा लाइट तथा रिफेक्टिभ सेडस प्रयोग गर्न सकिन्छ ।

डबल चिउँडोको समस्या

डबल चिउँडो सुन्दरताको शत्रु हो । डबल चिउँडोले सुन्दरता बिगारेको छ भने तल्लो भाग तथा डबल चिउँडो माथि डार्क सेडसको फाउन्डेसन प्रयोग गर्नुपर्छ ।

आइब्रो सेप करेक्सन

आँखा नजिक छ भने आँखाको बीचको दूरी देखाउन आइब्रो सेप करेक्सन प्रयोग गर्न सकिन्छ । यसका लागि आइब्रोको सेप केही टाढा-टाढा बनाउन सकिन्छ ।

अनुहारको आकारअनुसार

चारकुने अनुहारलाई उपयुक्त आकार दिन प्राकृतिक स्किन टोनको गाढा फाउन्डेसन प्रयोग गर्नुपर्छ । चारपाटे देखिएको छ भने गाढा रंगको सेडस कन्चट तथा अनुहारको साइडमा दल्नुपर्छ । गोलो अनुहार लामो देखाउन चिकबोनको ठीक तल गाढा रंगको फाउन्डेसन लगाउनुपर्छ ।

सानु श्रेष्ठ,

हबिब ब्युटिपार्लर

सुन्दर छालाका लागि प्राकृतिक तत्व

\"\"सुन्दर छालाको चाहना हरेक महिलामा हुन्छ । त्यसैले दैनिक भागदौड, घाम एवं प्रदूषण आदिबाट छालालाई जोगाउन महिलाहरू अनेकौं सौन्दर्य प्रसाधन प्रयोग गर्छन् । यद्यपि बजारमा उपलब्ध रसायनयुक्त सौन्दर्य प्रसाधनले छालालाई अझ हानि पुर्‍याउँछन् । दागरहित चम्किलो छालाका लागि गुलाबजल, बदाम, केसर तथा चन्दनजस्ता प्राकृतिक तत्वहरू प्रयोग गर्नु हानिरहित एवं सौन्दर्यका लागि प्रभावकारी हुन्छ ।

बदाम

भिटामिन 'ई' र 'बी-६ को प्राकृतिक स्रोत बदाम छालाको शक्तिशाली रक्षक हो । यसमा निहित एन्टिअक्सिडेन्ट एवं सुख्खापन हटाउने तत्वले छालालाई पोषण प्रदान गर्नुका साथै कोमल पनि बनाउँछ ।

गुलाबजल

गुलाबजल चिल्लोरहित हुन्छ । त्यसैले यो सबै प्रकारको छालाका लागि उपयुक्त हुन्छ । यसले छालाको क्लिन्जिङ र मोइस्चराइजिङ गरेर छालालाई मुलायम बनाउन सहयोग गर्छ । शीतलता प्रदान गर्ने यसको गुणले छालालाई ताजापन एवं गुलाबी निखार प्रदान गर्छ ।

चन्दन

चन्दनले शीतलता प्रदान गर्छ र ब्ल्याक हेड्स हटाएर छालामा निखार ल्याउन मद्दत गर्छ । यसको प्राकृतिक तत्वले छाला कोमल बनाउँछ । चन्दनले छालाका लागि प्राकृतिक एन्टिसेप्टिकको काम पनि गर्छ । दुई सानो चम्चा चन्दन पाउडरमा एक चम्चा गुलाब जल मिसाएर त्यसलाई फेसप्याकका रूपमा प्रयोग गर्न सकिन्छ ।

केसर

केसरमा भएको प्राकृतिक एन्टिबेक्टेरियल तथा एक्सफलोएटिङले व्याक्टेरिया विनाश गरी छालालाई चम्किलो एवं सफा बनाउँछ । प्राचीन कालदेखि नै छालाको रंगमा निखार ल्याउन केसर प्रयोग हुँदै आएको पाइन्छ । केसरलाई दूधमा मिसाएर अनुहार धुँदा अनुहार सुकोमल देखिन्छ ।

 Image