Successfully Copied

घरमै फेसियल तथा स्किन केयर

अहिले वातावरण निकै प्रदूषित हुँदै गएको छ, धूवाँ, धूलो र कामको व्यस्तताले छाला त्यत्तिकै बिगि्ररहेको हुन्छ ।

अहिले वातावरण निकै प्रदूषित हुँदै गएको छ, धूवाँ, धूलो र कामको व्यस्तताले छाला त्यत्तिकै बिगि्ररहेको हुन्छ । अरु बेला छालाको त्यति हेरचाह गर्न नपाए पनि चाडपर्वको मौका छोपेर सबैले छाला राम्रो बनाउने विविध उपाय अपनाउँछन् । यसका लागि घरमै, भान्सामै उपलब्ध हुने चीजबाट दैनिक स्याहार गर्न सकियो भने पार्लर गएर धेरै रकम खर्च गरिरहनुपर्दैन । फेस्टिभ मुडमा फेसियल गराउने हो भने गोल्ड फेसियल उपयुक्त हुन्छ । गोल्ड फेसियलले अनुहारमा चमक ल्याउँछ । यो फेसियल २५ वर्षको उमेरपछि गराउन सकिन्छ ।

छालाको हेरचाह गर्ने विधि

छाला चार प्रकारको हुन्छ । सामान्य, सुख्खा, तैलीय तथा मिश्रति । यीमध्ये आफ्नो कुन प्रकारको छाला हो पत्ता लगाउनुपर्छ ।

सामान्य छाला

छाला सामान्य छ भने गाईको दूधमा एक चिम्टी बेसार हालेर कटनको सहायताले सर्कल मसाज गरी अनुहार क्लिन्जिङ गर्ने । त्यसपछि बदाम मिक्स भएको क्रिम लगाउने । पाउरोटीको बीचको भाग, अण्डाको पहेंलो भाग, पाउडर दूध तथा एक चिम्टी बेसार मिसाएर पेस्ट बनाउने । यो पेस्ट आरामदायक कुर्सीमा बसेर लगाउनुपर्छ, अनुहार झुकाउनु हँदैन । यो प्याक हप्ताको एकपटक लगाउन सकिन्छ । सामान्य छालामा फेसियल गर्नु

जरुरी हुँदैन ।

सुख्खा छाला  

ओखर र आलमन्डलाई दूधमा भिजाएर पेस्ट बनाई त्यसको आइसक्युब तयार गर्ने । कटन भित्र आइस्क्युव हालेर दिनहुँ सर्कल मसाज गर्ने । यो उपाय दिनहुँ अवलम्बन गर्नुपर्छ । हप्ताको एकपटक अण्डाको पहेंलो भागमा मह मिसाएर प्याक लगाउने । १० मिनेटपछि चिसो पानीले अनुहार धोएर सर्कल मुडमा मोस्चराइजर लगाउने ।

तैलीय छाला

कटनको सहायताले दिनहुँ तीनपटक टोनरले अनुहार पुछ्ने । फ्रेस एलोबेरा जेल वा सुन्तलाको रस लगाउने । अंगुर, मसरुमको रस, गोलभेंडाको रसामध्ये कुनै पनि फलफूलको रस अनुहारमा लगाउन सकिन्छ । चन्दन र गुलाब जल मिसाएर पेस्ट लगाउने ।

मिश्रति छाला

राति सुत्ने बेलामा चिसो पानीले अनुहार धोएर सुत्ने र बिहान उठ्नेबित्तिकै कुन ठाउँ तैलीय र कुन ठाउँ सुख्खा छ ऐना हेरेर प्याक र क्रिम लगाउन सकिन्छ ।

- लक्की श्रेष्ठ, ब्युटिसियन

 Image