Successfully Copied

सधैं सुन्दर देखिन

स्मार्ट र कुल देखिने सबैभन्दा पहिलो सर्त हो, फ्रेस र स्वस्थ छाला। आफ्नो स्किन टोनअनुसार हर्बल ब्युटी प्रोडक्ट

फ्रेस फेस : स्मार्ट र कुल देखिने सबैभन्दा पहिलो सर्त हो, फ्रेस र स्वस्थ छाला। आफ्नो स्किन टोनअनुसार हर्बल ब्युटी प्रोडक्ट छनोट गर्नुपर्छ। कुनै पनि ब्राइटनिङ लोसन उपयुक्त हुन्छ। यस्तो लोसन वाटर बेस्ड हुनुपर्छ। यसमा हेलोरानिक एसिडजस्ता विशेष गुण हुनुपर्छ। यसले स्किनभित्रसम्म नमी प्रदान गर्छ र अनुहारमा लामो समयसम्म ताजापन कायम रहन्छ। मेकअपमा सिमरयुक्त क्रिम हाइलाइटर प्रयोग गर्नुपर्छ। त्यसलाई चिक बोन तथा आँखीभौंमुनिको ब्रो बोनमा प्रयोग गरिन्छ।

समर हेयर ब्यान्ड : त्यस्तो सफ्ट स्याम्पु खरिद गर्नुपर्छ, जसलाई हरेक दोस्रो दिन प्रयोग गर्न सकियोस्। यसबाट केश सुन्दर एवं सुगन्धित रहन्छ र फिल गुड महसुस हुन्छ। गर्मीमा केश खुल्ला राख्नुको साटो बाँध्नु उपयुक्त हुन्छ। पोनिटेल बनाए पनि वा हेयर ब्यान्ड लगाए पनि क्लिन लुक प्राप्त हुन्छ। डबल लेदर ब्यान्ड, स्ट्रेच हेड र्‍याप वा साटन ब्यान्ड पोनिटेलका साथमा प्रयोग गर्नुपर्छ। यदि केश छोटो छ भने सिंगल एसेसरिज नै उपयुक्त हुन्छ।

फ्रेस आई : निधारसम्मको केश पछाडि राख्नुपर्छ र ल्यासेजलाई ल्यास कर्लबाट कर्ल गर्नुपर्छ। त्यसभन्दा पहिले कालो वा ट्रान्सपरेन्ट मस्काराको एउटा कोट लगाउन सकिन्छ। लिफ्टिङ र भोल्युमाइजिङ र्फमुलायुक्त मस्कारा प्रयोग गर्दा आकर्षक लुक प्राप्त हुन्छ।

पिम्पल फस्र्ट एड : गर्मीमा पिम्पलले स्वागत गर्नुपूर्व चिकित्सकको सल्लाहअनुसार एन्टी पिम्पल क्रिम प्रयोग गर्नुपर्छ।

एसपीएफ मेकअप : गर्मी मौसममा एसपीएफयुक्त मेकअप प्रयोग गर्नुपर्छ। यदि आफूसित एसपीएफयुक्त मेकअप छैन भने मेकअप बेसभन्दा पहिले सनस्क्रिन कोट लगाउनुपर्छ।

ब्राइट स्माइल : दाँत पहेंलो छ भने डेन्टिस्टको सल्लाहअनुसार टुथ ब्राइटनर प्रयोग गर्न सकिन्छ। ओठमा फ्युसिया, पिन्क वा रेड लिपिस्टिक प्रयोग गर्न सकिन्छ। जब दाँत सेतो र सुन्दर हुन्छ, तब लिप कलर पनि आकर्षक देखिन्छ।

बेस्ट ब्रोन्ज : गर्मीको प्रचण्ड घाममा अनुहारमा एउटा सुनौलो किरण जस्तो सुन्दर आभा देखिन सक्छ। ब्रोन्जर स्टिकलाई आँखामा आइस्याडो वा ओठमा लिप कलरका रूपमा प्रयोग गर्नुपर्छ। यसलाई लिप ब्रसको सहायताले लगाउनुपर्छ। यसबाट पर्फेक्ट लुक प्राप्त हुन्छ।

फलर्ट विद  हेयर : आफ्नो केशमा कुनै नयाँ प्रयोग गर्न चाहने तर स्थायी प्रभाव नचाहने हो भने परमानेन्ट स्ट्रेटनिङ वा कलरिङको साटो सेरामिक प्लेटको प्रयोगले राम्रो परिणाम प्राप्त हुन सक्छ। कुनै राम्रो कम्पनीको टेम्पररी स्ट्रेटनिङ गर्ने उपकरण प्रयोग गर्न सकिन्छ। कुनै बो नेक ब्लाउज वा टप लगाउँदा भने साइड चुल्ठो स्टाइलिस देखिन्छ। चुल्ठो बनाएपछि अन्तमा कुनै कलरफुल ब्यान्ड प्रयोग गर्नुपर्छ।

ब्रो ग्रुमिङ : आफ्नो आई ब्रोलाई ग्रुम गर्नुपर्छ। थोरै ब्रो जेल प्रयोग गरी आई ब्रो ब्रस गर्नुपर्छ। आँखीभौं हल्का छ भने आई ब्रो पेन्सिलको लाइट स्ट्रोक लगाउन सकिन्छ।

एक्स्ट्रा साइनिङ : केशमा आफ्नो फेभरेट स्याम्पु तथा कन्डिसनरका साथमा असेन्सियल ओयलको केही थोपा प्रयोग गर्नु राम्रो हुन्छ। केश धोएपछि ब्लो ड्राई गर्नुपर्छ। यसबाट केश उडेजस्तो देखिँदैन र त्यसमा एक्स्ट्रा साइन आउँछ।

स्मार्ट हेयर स्टाइल : साइड चुल्ठो, टप नट वा पोनिटेल, कुनै पनि स्टाइल अपनाउन सकिन्छ। पोनिटेल बनाएपछि पनि केश उडेजस्तो देखिन्छ भने वाटरबेस्ड जेल प्रयोग गर्न सकिन्छ। टप नटमा सम्पूर्ण केश माथि तानेर बाँध्नुको साटो निधारसामु केही सर्ट लेयर खुल्ला छोड्नु ठीक हुन्छ। यसबाट मुहारको आकारमा उभार आउँछ। बबी पिन्सबाट जुरोलाई फिक्स गर्नुपर्छ।

आई लाइनर : आँखालाई इन्स्टेन्ट ग्ल्यामरस लुक दिन ब्ल्याक आई पेन्सिलको स्ट्रोक प्रयोग गर्नुपर्छ। गर्मीमा गाजलको साटो आइलाइनर लगाउनुपर्छ। यसले अनुहारलाई क्लियर तथा क्लिन लुक प्रदान गर्छ।

परफ्युम फिवर : गर्मी मौसममा सुगन्धको सबैभन्दा बढी आवश्यकता हुन्छ। पसिना बढी आउन नदिन पानीमा दुई चम्चा पुदिनाको रस तथा एक चम्चा कागतीको रस मिसाउन सकिन्छ। यसबाट पसिनाको गन्धको समस्या पनि रहँदैन। नुहाउने पानीमा दुई थोपा असेन्सियल ओयल प्रयोग गर्नुपर्छ वा युडी कोलोनको केही थोपा हाल्नुपर्छ। यसबाट पूरा दिन ताजा महसुस गर्न सकिन्छ

 Image