Successfully Copied

गर्मीको अफिसियल मेकअप

पसिना धेरै बग्ने हुँदा म्याट/कम्प्याक्ट मेकअप उपयुक्त



वन्दना राउत प्रोफेसनल मेकअप एक्सपर्ट एन्ड नेल टेक्निसियन

गर्मीको मेकअप कस्तो हुनुपर्छ ?
गर्मीमा बाहिर तातो हुरी–बतास चल्ने, धूलो उड्ने अनि पसिना आउने हुँदा छालाको सुरक्षा र हेरचाहमा विशेष ध्यान दिनुपर्ने हुन्छ । छालाको प्रोटेक्सन उपयुक्त प्रसाधन र मेकअपले नै गर्ने हो । तसर्थ यो मौसममा मेकअप्रति सजग हुनुपर्छ । गर्मीको मेकअपमा टोनर, सिरम र कन्सिलर अनिवार्य प्रसाधन हुन्, जसलाई सौन्दर्य प्रसाधन लगाउनुअघि प्रयोग गरिन्छ र यी सामग्रीले छालालाई टाइट बनाउन र चमक ल्याउन सहयोग गर्छन् । त्यसपछि गुणस्तरीय ब्रान्डको मोइस्चराइजर लगाउनुपर्छ अनि माक्रै बिबी वा सिसी त्रिम प्रयोग गरी मिनेरल वा कम्प्याक्ट पाउडरले फिनिसिङ टच दिनुपर्छ । गर्मी महिनामा पसिना धेरै बग्ने हुँदा म्याट/कम्प्याक्ट मेकअप नै उपयुक्त हुन्छ ।

यो मौसममा अफसियिल (प्रोफेसनल) हरूले कस्तो मेकअप गर्ने ?
मैले माथि नै भनिसके यो प्रचण्ड गर्मीमा बाहरिको वातावरणका बारेमा । अफसि जानेहरूका लाग ित यो मौसम झनै चुनौतीपूर्ण छ । तसर्थ गर्मीको मेकअपमा सतर्क हुनुपर्छ । गर्मीमा प्रोफेसनलहरूलाई लाइट तथा म्याट मेकअपम नै उपयुक्त हुन्छ ।

कसरी गर्ने ?

अफिस निस्कनु आधा घण्टाअघि सफा पानीले मुख धोएर अनुहार टोनिङ गरी आफ्नो छाला सुहाउँदो मोइस्चराइजर लगाउने । यो मौसममा सनब्लक छुटाउनै नहुने प्रसाधन हो । सनस्क्रिन लगाएफछि राम्रो ब्रान्डको डे क्रिम वा बिबी त्रिम लगाउन सकिन्छ । उमेर र छालाको प्रकृतिअनुसार उपयुक्त हुने सौन्दर्य प्रसाधन छान्नुपर्छ । जति उमेर बढ्दै गयो उति बढी एसपिएफmयुक्त सनस्त्रिन क्रिम प्रयोग गर्नुपर्छ ।

अफिसियल लुक्सलाई एलिगेन्ट देखाउनयो मौसमको मेकअपमा ध्यान दिनुपर्ने कुराहरू के–के हुन् ?
अफिसियल मेकअपमा डार्क लिपिस्टिकको सट्टा स्किन कलर लिपग्लस प्रयोग गर्दा एलिगेन्स लुक्स आउँछ । नियमित प्रयोग गर्ने गाजलबाहेक आई मेकअप नगर्दा पनि हुन्छ । साथै हेभी ज्वेलरीको प्रयोग गर्दा पनि त्यति सान्दर्भिक देखिँदैन ।

 Image