Successfully Copied

समर मेकअप स्टाइल

सुहाउँदो मेकअपले सौन्दर्यमा थप निखार ल्याउँछ। यो गर्मीमा ब्युटिफुल समर क्विन बन्न बदलिँदो मेकअप शैलीसँग

सुहाउँदो मेकअपले सौन्दर्यमा थप निखार ल्याउँछ। यो गर्मीमा ब्युटिफुल समर क्विन बन्न बदलिँदो मेकअप शैलीसँग साक्षात्कार हुनु आवश्यक छ।

-    ब्ल्याक आइलाइनर कहिल्यै आउट अफ ट्रेन्ड हुँदैन। ब्ल्याक आइलाइनर भन्दा हेभी, स्ट्राइकिङ, ड्रामेटिक आइज क्रिएट गर्नुपर्छ, तर रेट्रो लुक भने इन रहने छैन।

-    यो सिजनमा ब्रोन्जरलाई आफ्नो बेस्ट फ्रेन्ड बनाउनुपर्छ, कारण ट्रेन्ड स्किन लुक पनि इन रहनेछ। यसैगरी ब्रोन्ज आइज पनि फेसनमा छ।

-    हट लिप्सको ट्रेन्डले सबैलाई आकषिर्त गर्नेछ। ब्राइट मेट लिप्स इन रहनेछ।

-    बाउन्सी हेयरका लागि ब्लो ड्राई गर्ने ट्रेन्ड यो सिजनमा आउट भएको अवस्था छ, अत: स्ट्रेटनर्स युज गर्नुपर्छ, कारण स्ट्रेट हेयर समर ट्रेन्ड हो। त्यसबाहेक मेस्सी हेयर स्टाइल्स, चुल्ठो शैली इन छ, अत: क्लिन स्टाइल नअपनाउनु नै वेश हुन्छ। बेबी र कर्ली हेयर पनि फेसनमा रहनेछ। हेयर स्टाइलमा क्याजुयल ट्वीस्ट्स अप-डन्स इन छ।

-    न्युड लुक अर्थात् हल्का मेकअप वा नो मेकअप लुक पनि लोकप्रिय रहनेछ, जसका लागि मात्र कन्सिलर अप्लाई गर्नुपर्छ र इच्छानुसार ग्लस वा नेचुरल लिप कलर प्रयोग गर्न सकिन्छ।

-    पर्पल मेकअप यसपटक हट ट्रेन्ड रहनेछ। यसमा ओर्किड, लायलेक र लेबेन्डर सेड्स मेकअप ब्यागमा रहनु आवश्यक छ। यो ट्रेन्डलाई क्यारी गर्ने सबैभन्दा कुल उपाय हो-आइस्याडो। त्यसो त लिप्स र नेलमा पनि यो कलर प्रयोग गर्न सकिन्छ।

-    ब्राइट ओेरेन्ज लिपिस्टिक पनि कुल ट्रेन्ड हो। नियनदेखि कोरलसम्म ओरेन्ज टोन्स हट फेभरेट रहनेछ यो सिजनमा। चंकी ग्लाइड अन पेन्सिलबाट ब्राइट ओेरेन्ज कलर अप्लाई गर्नुपर्छ र हट समर लुक एन्जोय गर्नुपर्छ।

-    ग्राफिक आइलाइनर पनि यो सिजनको ठूलो ट्रेन्ड बनेको छ। एङ्गुलर सेप्सले रेट्रो लुक नभई रेट्रोको मोर्डन लुक प्रदान गर्छ। एक्वारिक आइज पनि बोल्ड ट्रेन्ड रहनेछ। यो २०१३ मा देखा परेको थियो र यो सिजनमा अझ बढी लोकप्रिय रहनेछ। यसलाई आइलाइनरदेखि आइस्याडोसम्ममा प्रयोग गर्न सकिन्छ।

-    ब्लन्ट बोइस आइब्रोज यो सिजनमा पनि इन रहनेछ। फल्स आइल्यासेज अपर लिड र लोअर लिड दुवैका लागि उपयुक्त हुन्छ। पेस्टल ह्युजको सियर स्याडोज समरमा स्मोकी आइजको स्थानमा प्रयोग गर्न पर्फेक्ट छ। ह्वाइट आइलाइनर पनि चल्तीमा रहनेछ यो सिजनमा। त्यसो त ह्वाइट आइस्याडोज र आइलाइनर्स अन्य कलरको तुलनामा पहिलो रोजाइमा पर्दैन। यसलाई रेड मेट लिपिस्टिकका साथमा पेयर गर्नुपर्छ।

-    गत सिजनमा इन रहेको क्याट आइज लुक यसपटक पनि इन रहनेछ।

-    यो स्किन केयर सिजन भएकाले आफ्नो स्किनमा हेल्दी ग्लो प्राप्त गर्न स्किन सिरम्स, बीबी क्रिम र प्राइमर्स तयार राख्नुपर्छ। ब्लस पनि यो सिजनमा इन हुने अनुमान छ। लुकमा पनि लाइट टोन्स जस्तै पिच, पिन्क वा ट्यान्ड टोन्सका ब्लस प्रयोग गर्नुपर्छ।

-    फेसको ब्राइटनेस बढाउने खालको कलर्स जस्तै कुल, सफ्ट लायलेक तथा पिच वार्म स्किन टोन्समा प्रयोग गर्नुपर्छ। यसले ब्राइटनेस र ग्लो बढाउँछ।

-    नेल कलर्समा न्युड, पेस्टल्स मन पराइनेछ। ह्वाइट नेलपोलिस पनि लोकप्रिय हुनेछ। ह्वाइट बेसमा स्ट्राइप्ड र स्वरोस्की पनि देखापर्न सक्छ।

 Image