Successfully Copied

प्यान्टिन

सन् १९४७ मा स्विट्जरल्यान्डमा स्थापित भएर विश्व बजारमा छाएको प्यान्टिन केशको हेरचाहका लागि अब्बल मानिन्छ।

सन् १९४७ मा स्विट्जरल्यान्डमा स्थापित भएर विश्व बजारमा छाएको प्यान्टिन केशको हेरचाहका लागि अब्बल मानिन्छ। केशको सौन्दर्य कायम गर्दै त्यसलाई स्वस्थ राख्न सक्छ भन्ने विश्वास जितेको प्यान्टिन धेरैको रोजाइमा पर्छ। गुणस्तरीयताकै कारण यो विश्वको नम्बर एक प्रोडक्टमा गनिन्छ। केश र्झने, ढिलो बढ्ने तथा दीर्घ समस्यामा पनि प्यान्टिनका केशसम्बन्धी प्रसाधनको प्रयोगबाट सकारात्मक लाभ लिन सकिन्छ। विभिन्न ल्याब र प्रविधि प्रयोग गरी उत्पादन हुने प्यान्टिनका प्रसाधन सबै प्रकारका केशका लागि उपयोगी छन्। प्यान्टिनका स्याम्पु, कन्डिसनर, टु-इन-वान, राइनज अफ टि्रटमेन्ट, लिभ इन टि्रटमेन्ट, हेयर स्टाइलिङ आदि बजारमा उपलब्ध छन्।

स्याम्पु

प्यान्टिनले २० भन्दा बढी प्रकारका स्याम्पु बजारमा उतारेको छ। केशको प्रकृति हेरी म्याच हुने कुनै पनि प्रकारको स्याम्पु प्रयोग गर्न सकिन्छ। वैज्ञानिक पद्धतिबाट उत्पादन गरिएका यी स्याम्पु विभिन्न रंग तथा फ्लेभरमा तयार परिएको छ। विश्वको भौगोलिक स्थिति एवं वातावरणसँग मेल खाने र मिल्न सक्ने स्याम्पु संसारभरका मानिसले प्रयोग गर्दै आएका छन्।

टु-इन-वान

यसले केशमा क्लिन्जिङको काम गर्छ। केशको मोस्चराइज गर्न सकिने टु-इन-वान पनि केशको जुनसुकै स्वरूपमा मिल्न सक्छ। यसलाई विभिन्न प्रकारको केशमा प्रयोग गर्न सकिन्छ। यसले केशको क्लासिक केयर गर्दै स्मुथ र सिल्की बनाउने, चायाँ निर्मूल पार्ने आदि काम गर्छ। यसमा केशको प्राकृतिक सौन्दर्य जोगाउन सक्ने क्षमता छ।

कन्डिसनर : प्यान्टिनका १२ भन्दा बढी कन्डिसनर बजारमा उपलब्ध छन्। उच्च कोटीको प्रविधिमार्फत उत्पादन गरिएका हेयर केयर प्रोडक्टमध्ये कन्डिसनर पनि एक हो। यसले केशको भित्री जरासम्म गएर केशको केयर गर्छ। मृत केशको जरा जगाउने काममा पनि यसले सहयोग गर्छ। यो कन्डिसनरले केशको नरमपन बढाउने तथा त्यसको सुन्दरतामा ह्रास आउन नदिने काम गर्छ।

ग्रिन-टी

सन् १९९५ मा चीनको गुङडोङ प्रान्तबाट ग्रिन्ा-टी ब्रान्डका सौन्दर्य प्रसाधनहरूको उत्पादन सुरु भएको हो। मेकेयर नामक कम्पनीमार्फत बजारीकरण भएका ग्रिन टीका विभिन्न उत्पादन लोकप्रिय पनि छन्। उत्तर अमेरिका, दक्षिण अमेरिका, साउथ एसिया, अफ्रिका आदि क्षेत्रका मुलुकहरूलाई  केन्द्रबिन्दु बनाई बजार प्रवर्द्धन गरिरहेको ग्रिन-टीका उत्पादनहरू गुणस्तरीय छन्। उच्च्ा कोटीको प्रविधिको प्रयोग एवं वैज्ञानिक पद्धतिमार्फत उत्पादन हुँदै आएका ग्रिन-टीका सौन्दर्य प्रसाधनले विश्वबजारमा राम्रो छाप छोडिसकेको र सबैले आफ्नो दैनिक हेयर केयरको मुख्य आधार बनाउँदै गएको कम्पनीको दाबी छ। ग्रिन-टीका उत्पादनले केश स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। ग्रिन-टीका हेयर कलर, स्पाम्पु, कन्डिसनर, हेयर पम, हेयर स्टाइलिङजस्ता उत्पादन बजारमा उपलब्ध छन्।

हेयर स्टाइलिङ  

ग्रिन-टीका २० भन्दा बढी हेयर स्टाइलिङ प्रोडक्ट बजारमा उपलब्ध छन्। केशलाई हरेक स्टाइलमा ढाल्न सकिने यी आइटमका कारण केशलाई जुनसुकै स्टाइलमा पनि कोर्न सकिन्छ। यी आइटमको मदतले केशलाई कर्ली, स्ट्रेट, बटरफ्लाई, स्याडो होल्ड हेयर आदि स्टाइल दिन सकिन्छ। ग्रिन टीले केशलाई पोषण दिने क्रिम, जेल, हेयर भिटामिन आदि पनि उत्पादन गर्दै आएको छ।

लोटस

आइएसओ ९००१ सर्टिफाइड लोटस कम्पनीलाई दक्षिण एसियाको लिडिङ ब्रान्ड मानिन्छ। सन् १९९३ मा भारतमा स्थापना भएको लोटस कम्पनीका उत्पादनहरू निकै उपयोगी मानिन्छन्। केशको जरालाई पोषण दिन र त्यसको प्राकृतिक सौन्दर्य टिकाइराख्न लोटसका उत्पादन प्रभावशाली सिद्ध भएका छन्।

लोटस स्याम्पु

लोटस स्याम्पुले केशमा भएको फोहोर तथा पसिनाजस्ता हानिकारक वस्तुलाई राम्राेसँग सफा गर्नुका साथै केशलाई आवश्यक पोषण पनि प्रदान गर्छ। यो स्याम्पु रिठ्ठा, सिकाकाइ, अमला आदि मिसाएर तयार गरिएको हुन्छ। यसले केशको कुनै पनि समस्या समाधान गर्छ। बजारमा लोटसका अमला हर्बल स्याम्पु, हिना स्याम्पु, सोयासाइन स्याम्पु तथा एन्टी डेन्ड्रफ स्याम्पु उपलब्ध छन्।

हिमालय हर्बल

लामो अनुसन्धानपछि विभिन्न खालका उत्पादन बजारमा ल्याउने हिमालय हर्बलका हेयर प्रोडक्ट पनि निकै प्रभावकारी छन्। हिमालयका उत्पादन सबै खालका केशलाई मध्यनजर गरेर तयार पारिएका छन्। हेयर प्रोडक्टमध्ये हिमालयका स्याम्पु, कन्डिसनर, हेयर क्रिम तथा हेयर ओइल निकै लोकप्रिय छन्। विभिन्न प्याकमा उपलब्ध हिमालयका हेयर प्रोडक्ट आफ्नो बजेटअनुसार खरिद गर्न सकिन्छ। नेपालमा हिमालयले राम्रो बजार बनाएको छ।

एन्टी हेयर फल स्याम्पु

यो स्याप्पु टु-इन-वान क्षमतायुक्त छ। यसले जरैदेखि बलियो बनाएर केशलाई बाक्लो बनाउँछ। यसले केशलाई पोषण प्रदान गर्छ। फ्लेम अफ दि फरेस्ट नामक फूलको जैविक तेल प्रयोग भएको यो स्याम्पुले केश र्झन कम गर्छ। एन्टी फंगज प्रोप्रटीयुक्त यो स्याम्पुले केशमा हुने संक्रमणबाट जोगाउँछ। यसमा प्रयोग गरिएको प्रकृति प्रदत्त तत्वहरूले केशलाई छिटो बढ्न सघाउँछन्। यसले केशलाई जरैदेखि बलियो बनाउँछ। यो स्याम्पु केशको जरामा प्रयोग गर्नुपर्छ।

जोकोज

नेपाली सौन्दर्य बजारमा आफ्नो पृथक् पहिचान बनाउन सफल जोकोजका हेयर केयर रेन्ज पनि निकै लोकप्रिय छन्। यसका उत्पादन लामो अनुसन्धानपछि मात्र बजारमा आउँछन्। गुणस्तरीय तथा प्रभावकारी यो उत्पादन नेपालीहरूबीच पनि लोकप्रिय छ। यसका उत्पादनको मूल्य पनि खासै महँगो छैन। पूर्णरूपमा प्राकृतिक भएकाले यसको कुनै नकारात्मक असर पर्दैन। केशका लागि आवश्यक जोकोजका विविध रेन्ज बजारमा खरिद गर्न सकिन्छ। जोकोजका उत्पादनहरू नेपाली ग्राहकहरूले सजिलै प्रयोग गर्न सक्छन्।

जिन्जर स्याम्पु

यो स्याम्पु अदुवाको जैविक तेलयुक्त छ। यसको नियमित प्रयोगले केश चम्किलो तथा बाक्लो हुन्छ। प्राकृतिक कन्डिसनरयुक्त यो स्याम्पु सबै केशका लागि उपयोगी छ। केशको पौष्टिकता कायम गरी यसले तालुलाई पनि स्वस्थ बनाउँछ। केशलाई जरैदेखि बलियो बनाउने भएकाले यसको नियमित प्रयोगले केश र्झने समस्या कम हुन्छ। केशको सुख्खापनमा समेत लाभदायक जिन्जर स्याम्पुले केशलाई नरम बनाउँछ।

अरोमा हर्बल

विगत ३ वर्षदेखि संचालनमा आएको अरोमा हर्बलका उत्पादनहरूले छोटो अवधिमै स्थापित ब्रान्डसरह आफ्नो छुट्टै पहिचान बनाइसकेको छ। यो कम्पनी लामो अध्ययनपश्चात् युरोपेली प्रविधि प्रयोग गरी भारतमा स्थापना भएको हो।  विश्वका विभिन्न्ा मुलुकमा बजार प्रबर्द्धन गर्दै आएको अरोमा म्याजिकका स्याम्पु, हेयर ब्रसेस, हेयर तेल, कन्डिसनर, हेयर सेरम, एन्टी डेन्ड्रफ, हेयर कलर, हेयर मास्क आदि उपलब्ध छन्। विविध हेयर प्रोटिन सप्लिमेन्टद्वारा तयार पारिएका अरोमा हर्बलका उत्पादनहरू उपयोगी एवं लाभदायक साबित भएका छन्।

हेयर सेरम

हेयर सेरमले केशको सुख्खापन, खस्रोपन तथा अव्यवस्थितताजस्ता समस्यालाई प्रयोग गरेको ४८ घन्टामै निराकरण गरेर केशलाई चम्किलो बनाउँछ। मोरको तथा एप्रिकोटको तेलबाट बनेको हेयर सेरमले केशलाई लामो बनाउनुका साथै चायाँ समेत हटाउँछ। यसको दैनिक प्रयोगले केशलाई चम्किलो एवं नरम बनाउँछ। केश स्वस्थ नभएको खण्डमा हेयर सेरम प्रयोग गरे समयमै केशको उपचार हुन्छ।

नेसनल हब्स

यो नेपाली ब्रान्ड हो। यसले नेपाली वातावरण सुहाउँदो उत्पादन बजारमा ल्याएको छ। बढ्दै गएको धूलो, धूवाँ तथा व्यस्त जीवनशैलीबाट केशमा पर्न जाने प्रत्यक्ष असरहरूको अध्ययनपछि नै नेशनल हब्सका उत्पादन बजारमा आएका हुन्। पूर्णरूपमा प्राकृतिक भएकाले यसको कुनै नकारात्मक प्रभाव छैन।

अनुप हेयर तेल : गोदरेज कम्पनीद्वारा उत्पादित यो तेल विभिन्न आयुर्वेदिक जडीबुटीहरुबाट तयार पारिएको छ। भारतको केरलामा उत्पादित यो तेलले केश र्झने तथा टुक्रिने समस्याको राम्रोसँग उपचार गर्छ । अनुप हेयर तेलको नियमित प्रयोगले टाउकाको छालामा देखिएको कुनै पनि समस्या समाधान गर्नसक्छ।

काली मेहन्दी : रिट्ठा, अमला, सिकाकाइ र भृंगराज आदि मिसाएर तयार पारिएको गोदरेज काली मेहन्दीले केशलाई प्राकृतिक सौन्दर्य दिन्छ। यो मेहन्दीले केश कालो बनाउनुका साथै आवश्यक पोषण पनि प्रदान गर्छ।

निशा कलर पर्फेक्ट हेयर क्रिम

भारतको प्रेम हिना प्रालिले निशा कलर पर्फेक्ट बजारमा ल्याएको छ। यसले प्रयोगकर्तालाई घरमै केश रंगाउन सजिलो बनाएको छ। त्यसमा पनि यसले ३० मिनटमै काम गर्छ। यो अरुभन्दा फरक खालको केश रंगाउने क्रिम हो। यसलाई प्रयोग गर्न निकै सजिलो छ। यसमा सूर्यमुखी, एभोकाडो तथा हिना (मेहन्दी) को संमिश्रण छ। यसले केशलाई प्राकृतिक चमक दिन्छ भने नरम र सिल्की पनि बनाउँछ।

प्रयोग गर्न सजिलो निशा हेयर कलर पर्फेक्ट क्रिमले घरमै, छोटो समयममै लुकमा परिवर्तन ल्याउँछ। निशा हेयर कलर ८ रंगमा उपलब्ध छ। यसको प्रभाव लामो समयसम्म रहन्छ। यसको मूल्य पनि अविश्वसनीय छ। स्यासेजमा उपलब्ध, एकपटक प्रयोग गर्न मिल्ने हरेक रंगको प्याकको मूल्य ३० रुपैयाँ मात्र छ।

लोलेन

विगत २० वर्षदेखि सौन्दर्य प्रसाधनको क्षेत्रमा विभिन्न अध्ययन तथा अनुुसन्धान गर्दै आएको लोलेनले दक्षिणपूर्वी एसियामा सौन्दर्य सामग्री उत्पादन गर्दै आएको छ। लोलेनका सौन्दर्य प्रसाधनहरूले विभिन्न प्रकारको उपचार गर्छन्। लोलेनका सौन्दर्य प्रसाधनहरू केशको प्रकारलाई आधार बनाएर उत्पादन गरिन्छ। यसका उत्पादनमा मानिसको व्यक्तिगत मूल्य तथा जीवनशैलीलाई पनि उत्तिकै महत्व दिइएको छ। लोलेनको प्राथमिकता बौद्धिकतायुक्त नयाँ-नयाँ सामान आविष्कार गर्नु हो। यसले ग्राहकहरूको समस्याको  लामो अध्ययन तथा अनुसन्धान गरी केशलाई पोषण प्रदान गर्ने सामग्री उत्पादन गरेको छ। लोलेनका उत्पादनले प्रत्येक व्यक्तिलाई आफ्नो चाहनाअनुसारको केश प्राप्त गर्न सहयोग पुर्‍याउँछन्।

लोलेन नेचुरा : लोलेन नेचुराले केशलाई जीवन्त बनाउन सघाउँछ। लोलेनको यो हेयर टि्रटमेन्ट क्रिम सबै खालका केशका लागि उपयोगी छ। केशले महिलाहरूको सुन्दरतामा आमूल परिवर्तन ल्याउने कुरा मनन गरी यो उत्पादन बजारमा आएको हो। यो क्रिम प्रयोग गरेपछि केशलाई इच्छाअनुसारको शैलीमा ढाल्न सकिन्छ। यसले केशको खराबी कम गर्छ। यो सुख्खा केशलाई पुनर्जीवन प्रदान गर्ने संजीवनी हो। यसमा रहेको जोजोवा तेल, सिल्क प्रोटिन तथा ग्लिसिरिनले केशलाई पोषण प्रदान गरी प्राकृतिक नरमपन प्रदान गर्छ। यसले केशलाई चम्किलो तथा सिल्की बनाउँछ। यो विभिन्न प्याकमा उपलब्ध छ।

नेपाल लिभर

नेपाल लिभरले हेटौंडामा आफ्नो उत्पादन सुरु गरेको दुई दशक भन्दा बढी भैसकेको छ । यसले मानिसको स्वास्थ्य तथा सुन्दरतासँग सम्बन्धित सामग्रीहरू उत्पादन गर्ने गरेको छ । यसका सबै उत्पादन उत्कृष्ट तथा गुणस्तरीय छन् ।

सनसिल्क ब्ल्याक स्याम्पु : यो स्याम्पु निकै राम्रो मानिएको छ । नुहाएको पहिलो दिनमै यसको प्रभाव अनुभव गर्न सकिन्छ । यसले केशलाई सूर्यबाट निस्कने हानिकारक किरणबाट पनि जोगाउँछ । यसले केशलाई कालो तथा चम्किलो बनाउँछ । यो भिटामिन ईयुक्त छ । यसले केशको सबै भागको रक्षा गरी केशलाई पौष्टिकता प्रदान गर्छ । यो विभिन्न आकारका प्याकमा उपलब्ध छ ।

क्लिनिक प्लस स्याम्पु : आमा तथा छोरीको माया दर्शाउने क्लिनिक प्लस स्याम्पु नेपाल लिभरको लोकप्रिय उत्पादन हो। यसले केशलाई जरैदेखि बलियो बनाउँछ। यो स्याम्पुले केशलाई मुलायम तथा नरम बनाउँछ। यसको नियमित प्रयोगले केश र्झने क्रम कम हुन्छ। केशको विविध समस्यासँग लड्ने क्षमतायुक्त यो स्याम्पु हरेक आमाको पहिलो रोजाइ बन्दै छ। यसले कपाललै बाक्लो बनाउँछ। यसले हाँगा पलाउने केशको पनि उपचार गर्छ।

डभ स्याम्पु  तथा कन्डिसनर : डभ स्याम्पु तथा कन्डिसनरको माग दिनहँु बढिरहेको छ । गुणस्तरीय नेपाल लिभरको उत्पादन डभ स्याम्पु तथा कन्डिसनर रूखो कपालको लागि संजिवनी सावित भइसकेको छ । केशको प्रकृतिअनुसार उत्पादन गरिएका छन्, जसले केश र्झने, सुख्खा तथा चिल्लो हुनेजस्ता समस्याको समाधानमा सहयोग गर्छ। डभ स्याम्पुले धोएपश्चात्  कन्डिसनरले पखाल्दा केश चम्किलो तथा  बलियो हुन्छ । यसले टाउकाको छालालाई पनि पोषण प्रदान गर्छ ।

पि एण्ड जि

पि एण्ड जी का सबै उत्पादन प्रभावकरी छन। यसका सबै उत्पादन गुणस्तरीय छन। यसको कुनै नकारात्मक प्रभाव छैन। यो ब्राण्ड निकै लोकप्रिय छ। यसले बिभीन्न बिधाका सामग्री उत्पादन गर्छ।

हेड एण्ड सोल्जर स्याम्पु

हेड एन्ड सोल्जर स्याम्पुले केशमा भएको फोहोरलाइ राम्राेसँग सफा गर्नुका साथै केशलाई चाहिने आवश्यक पोषण प्रदान गर्छ।  यसले केशमा भएको चाँयालाई घटाउँछ। चाँयाको समस्या हुनेहरुलाई यो स्याम्पुले राहत प्रदान गर्छ। यसले केशको कुनै पनि समस्या समाधान गर्छ। यसले केशलाई जरैदेखि बलियो बनाउँछ। यसको नियमित प्रयोगले केश चम्किलो तथा घना हुन्छ।

 Image