Successfully Copied

फिगर फ्रेन्ड्ली डाइट

केही कुरालाई नियन्त्रण एवं केही विशेष कुरालाई खानपानमा समावेश गर्दै आफ्नो तौल घटाएर आकर्षक देखिन सकिन्छ।

केही कुरालाई नियन्त्रण एवं केही विशेष कुरालाई खानपानमा समावेश गर्दै आफ्नो तौल घटाएर आकर्षक देखिन सकिन्छ। उमेरको प्रभाव घटाउँदै स्वस्थ जीवनलाई सही आकार दिन जरुरी छ-ऊर्जा एवं शारीरिक मजबुती।

पालुंगो

ओस्टियोपोरोसिस कुनै पनि उमेरमा हुन सक्छ। यो क्याल्सियमको कमीका कारण हुन्छ। भिटामिन के को अभावले ओस्टियोपोरोसिसको आशंका बढ्छ। वोस्टन युनिभर्सिटीका युटि्रसन साइन्सेजका निर्देशक केथरिन टकरका अनुसार भिटामिन केले हड्डीको मजबुतीमा सुधार ल्याउँछ र कुहिनाको फ्याक्चरको खतराबाट टाढा राख्छ। हरियो सागपात भिटामिन केको मुख्य स्रोत हो। एक कप पालुंगोको सेवन शरीरको ढाँचाको मजबुती एवं आँखाको चमक कायम राख्न सहायकसिद्ध हुन्छ। पालुंगोमा रेटिनाको रक्षा गर्ने पोषक तत्व हुन्छ जुन तत्वले हानिकारक किरणलाई आँखासम्म पुग्न दिँदैन। स्ट्रबेरीका साथमा पालुंगोको सलाद नियमित रूपमा खाँदा शरीर फिट रहनुका साथै बढ्दो उमेरको प्रभाव पनि कम हुन्छ। यसको सेवनले पेट घटाएर शरीरलाई सुन्दर बनाउँछ।

करी पात

करी पातले मस्तिष्कको मांसपेशीलाई शक्ति प्रदान गर्छ। यसको नियमित सेवनले खाना सहज रूपमा पच्नुका साथै यसको पाउडरमा बेसार मिसाएर सेवन गर्नाले शरीरको विषालु तत्व हट्छ। करी पातको सेवनले फ्री रेडिकलबाट जोगाउँछभने मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ, यसबाट सोच-विचारको क्षमता तथा स्मरण शक्तिको विकास हुन्छ। त्यसैले भारतमा अल्जाइमरका बिरामी अमेरिकाको तुलनामा एक चौथाइ मात्र छन्। यसले मस्तिष्कका साथै फिगरलाई पनि मेन्टेन गर्छ।

टमाटर

जर्मन शोधकर्ताहरूका अनुसार सनस्क्रिन लगाउनुको साटो टमाटर पिसेर मुहारमा लगाउनु राम्रो हुन्छ। दैनिक चर्को घाममा निस्कनु छ भने टमाटरको पेस्टमा जैतुनको तेल मिसाएर दस हप्तासम्म अनुहारमा लगाउनुपर्छ। यसबाट सनवर्न ४० प्रतिशतसम्म कम हुन्छ भने छाला चम्किलो र कसिलो देखिन्छ। टमाटरको सुप वा तरकारी प्रयोग गर्दा चाउरी कम हुन्छ।

बदाम (अल्मोन्ड)

बदाम भिटामिन ईले भरपूर हुन्छ। दैनिक दस वटा बदाम खाँदा पोषकतत्त्व प्राप्त हुन्छ भने छाला तथा केश पनि स्वस्थ रहन्छ। यसबाट कोलेस्ट्रोल नियन्त्रित हुन्छ। बढ्दो उमेरमा मानसिक एवं शारीरिक सन्तुलन कायम राख्न सफल छ-भिटामिन ई। भिटामिन ईबाट भरपूर बदामको सेवनले मांसपेशी एवं नर्वस सिस्टम स्वस्थ रहन्छ।

डार्क चकलेट

डार्क चकलेटले भोक मेटाउनुका साथै अन्य फाइदा पनि पुर्‍याउँछ। यसले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्छ। विभिन्न शोधअनुसार दैनिक ३० ग्राम डार्क चकलेट सेवन गरे दुईदेखि तीन प्वाइन्ट ब्लडप्रेसर कम हुन्छ। डार्क चकलेटमा कोको फ्लोवोनोल्स र पोेटेन्ट प्लान्ट केमिकल्स पर्याप्त पाइन्छ जसले गर्दा धमनीहरूले आरामपूर्वक काम गर्छन् र हृदय रोग लाग्न पाउँदैन।

 Image