Successfully Copied

सौन्दर्य वृद्धिमा खानेकुराको भूमिका

सुन्दरता र स्वास्थ्यको सम्बन्ध नङ-मासुको जस्तै प्रगाढ हुन्छ। शारीरिक तथा मानसिक स्वास्थ्यको प्रभाव शारीरिक सौन्दर्यका माध्यमबाट

सुन्दरता र स्वास्थ्यको सम्बन्ध नङ-मासुको जस्तै प्रगाढ हुन्छ। शारीरिक तथा मानसिक स्वास्थ्यको प्रभाव शारीरिक सौन्दर्यका माध्यमबाट प्रत्यक्ष अनुभव गर्न सकिन्छ। अतः खानपानमा ध्यान दिएर स्वस्थ रहन सके सुन्दरता पनि कायम हुन्छ। सुन्दरताका लागि आवश्यक खाद्य पदार्थका सम्बन्धमा सजग र जानकार रहनु आवश्यक छ।

टमाटर

सनवर्न वा चाउरीबाट छालाको सुरक्षा गर्न  दैनिक टमाटर खानुपर्छ। टमाटरमा भएको एन्टिअक्सिडेन्ट र पोटासियमले छालालाई स्वस्थ बनाउँछ। टमाटरलाई सलादका रूपमा काँचै पनि खान सकिन्छ। यसको हेल्दी टेस्टी रेसेपिज पनि प्रयोग गर्न सकिन्छ।

सखरखण्ड

छालालाई नरम, कोमल एवं रिङ्कल फ्री बनाउन सखरखण्ड खानुपर्छ, यसमा प्रशस्त मात्रामा भिटामिन 'ए' पाइन्छ जुन छालाका लागि लाभदायक हुन्छ।

बेरिज

स्ट्रबेरी, ब्लुबेरी, ब्ल्याकबेरीको सेवनले पनि छाला हेल्दी र सुन्दर हुन्छ। यसले छालालाई स्मुद र सफ्ट बनाउनुका साथै उमेरको गतिलाई पनि कम गर्छ।

ब्रोकाउली

ब्रोकाउलीमा प्रशस्त मात्रामा भिटामिन 'ए' पाइन्छ। यसले कोष वृद्धि गरेर छालालाई ताजा बनाउँछ।

पालुंगो

पालुंगोले मानिसलाई मात्र स्ट्रङ बनाउँदैन, यसमा भएको भिटामिनले छालालाई पनि जवान र सुन्दर बनाउन मद्दत गर्छ।

गाजर

गाजरले छालाको माथिल्लो लेयरको सुरक्षा गरी समयअगावै हुने बुढ्यौलीबाट जोगाउँछ। त्यसैले नियमित रूपमा गाजर सेवन गर्नुपर्छ। जसलाई हरियो सागपात मन पर्दैर्न तिनका लागि गाजरको सेवन अझ बढी आवश्यक हुन्छ। गाजरको सेवनले भिटामिनको कमी पूरा हुनसक्छ।

लो फ्याट डेयरी प्रोडक्ट्स

लो फ्याट चीज, दूध र अन्य डेयरी प्रोडक्ट्स पनि हेल्दी स्किनका लागि जरुरी छ। यी भिटामिन 'ए' का राम्रा स्रोत हुन्।

ओमेगा थ्री रिच फिस

यदि आफूलाई हेल्दी स्किनको चाहना भए आफ्नो डाइटमा ओमेगा थ्री रिच फुड जस्तै माछा आदि सेवन गर्नुपर्छ। ओयली माछामा ओमेगा थ्री फ्याटी एसिडको मात्रा बढी हुन्छ। ओमेगा थ्री फ्याटी एसिडले छाला पोल्ने आदि समस्याबाट पनि बचाउँछ।

ओखर

ओखर पनि ओमेगा थ्री फ्याटी एसिडको राम्रो स्रोत हो अर्थात् सुन्दर छालाका लािग यसलाई पनि आफ्नो भोजनमा समावेश गर्नुपर्छ।

मौसमी

मौसमीले स्किन समस्याबाट मात्र होइन रिंकल्स घटाउन पनि सहयोग गर्छ।

सुन्तला

सुन्तलाले पनि स्किन टनिकको काम गर्छ। सुन्तला भिटामिन सीको राम्रो स्रोत हो। सुन्तलाको सेवनले बढ्दो उमेरलाई कम गर्छ।

बन्दागोभी

अमिलो फलका अतिरिक्त बन्दागोभीमा पनि प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ।

होल ग्रेन (साबुदाना )

सुन्दर, निखारयुक्त एवं जवान छालाका लागि सिलिनियम पनि जरुरी छ, जुन होलाबिट, सिरियल, ब्रेड र बेकड फुडमा पाइन्छ। साबुत अनाजमा पनि भिटामिन बी पाइन्छ, जसले छालालाई इन्फेक्सन, स्ट्रेज आदिबाट जोगाउँछ।

अण्डा

हेल्दी छालाका लागि अण्डा खानुपर्छ। अण्डामा भएको आइरनले छालालाई सुन्दर बनाउँछ।

केरा

ड्यामेज छाला, एजिङ, चाउरी आदिको समस्याबाट छुटकारा पाउने मन भए केरा खानुपर्छ। केरामा भएको भिटामिन 'ए' ले स्किनको नेचुरल ओयललाई रिस्टोर गर्छ।

स्याउ

चाउरीको समस्या हुनेहरूले नियमित रूपमा स्याउ खानु पर्छ। दैनिक स्याउ खाँदा यौवन कायम रहन्छ।

 Image