Successfully Copied

ब्राइडल मेकअप

राजेश घिमिरे, हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्ट, आर्डियन द ब्युटी पोइन्ट शिक्षक बुवा होमनाथ तथा गृहिणी आमा राधादेवी घिमिरेका

राजेश घिमिरे, हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्ट, आर्डियन द ब्युटी पोइन्ट शिक्षक बुवा होमनाथ तथा गृहिणी आमा राधादेवी घिमिरेका ४ सन्तानमध्येका कान्छा राजेश घिमिरे खोटाङमा जन्मिएका हुन्। सानैदेखि आर्टमा रुचि राख्ने घिमिरे फाइन आर्ट पढ्न ललितकला क्याम्पस भर्ना भए। खोटाङबाट विराटनगर हुँदै झापा बसाइ सरेको उनको परिवारमा उनी मात्र सौन्दर्य पेसामा आबद्ध छन्। प्लस टु पछि मेडिकल ल्याब एसिस्टेन्ट पढेका राजेशले केही समय सरकारी अस्पतालमा ल्याब टेक्निसियनका रूपमा समेत काम गरे। द्वन्द्वकालीन अवस्थामा उनलाई पनि अन्य युवालाई झैं आफ्नो भविष्यको चिन्ता हुन्थ्यो। राजेश भन्छन्-'विशाल सपना र ठूलो भविष्य देख्ने मलाई कहिलेकाहीँ त यो देशबाट भागेर कतै जाउँ जस्तो लाग्थ्यो। खाडी जान मन लागेन ठूला देशमा चाहेअनुसारको काम नपाइने समस्याका कारण आफ्नै देशमा नयाँ केही गर्छु भन्ने आँट आयो।' हरबखत नयाँ कामका बारेमा सोच्ने राजेश हेयर ड्रेसिङको तालिम लिन दिल्ली गए। सिल्भी तथा प्राइभेट प्वाइन्टमा डेढ वर्ष खर्चेर काम सिके। त्यसपछि काममा थप सीप हासिल गर्न पि्रयंका चोपडाको पर्सनल मेकअप आर्टिस्ट यश्मिनसँग प्रोफेसनल मेकअप कोर्स गरे। आमाको अप्रेसनका कारण राम्रो कामको अफर छाडेर नेपाल फर्किएका राजेशले आफ्नै मुलुकमा केही गर्न नयाँ न्यूरोडमा आर्डियन द ब्युटी प्वाइन्ट स्थापना गरी आफ्नो कला र सीप बाँड्न थालेका हुन्। नेपालका ब्युटी कन्जुमरहरूले पढे-लेखे, देश-विदेश घुमे, स्मार्ट भए तर ब्युटी क्षेत्रकाहरूले आफूलाई अपडेट गर्न सकेनन् राजेशले भने-'यहाँ सौन्दर्य क्षेत्रमा ज्ञानको अभावका कारण क्वालिटीमा कम्प्रोमाइज भैरहेको छ। कस्टमरहरू स्मार्ट भए तर हामीले आफूलाई बेलाबखत अपडेट गर्न कहिल्यै जानेनौं र सिकेनौं पनि।'

ब्राइडल मेकअपका सम्बन्धमा राजेश

जाडोमा दुलहीको मेकअप ः ब्राइडल मेकअपमा गर्मीमा कम जाडोमा बढी एक्सपेरिमेन्ट गर्न सकिन्छ। जाडोमा इनडोर पार्टी हुने हुँदा लाइटिङ र अन्य कारणले मेकअपमा अझ ब्राइटनिङ आउँछ। त्यसो त मेकअप धेरैजसो पहिरनमा पनि निर्भर रहन्छ तर जे होस् जाडो मौसममा छाला सुख्खा हुने हुँदा ग्लसी मेकअप नै उपयुक्त हुन्छ।

हेयर स्टाइल

जाडो मौसममा केशमा अनेकन डिजाइन प्रयोग गर्न सकिन्छ। आजभोलि नवदुलहीहरूमा कन्टेम्पररी (समसामयिक विविधता) हेयर स्टाइल चल्तीमा छ। युवाहरूले क्याजुअल, म्यासी तथा नेचुरल हेयर स्टाइल नै रुचाएका छन्।

गर्मीमा दुलहीको मेकअप

गर्मीमा पसिना आउने, आउटडोर पार्टीमा हावाहुरीले समेत असर पार्ने हुँदा वातावरणबाट जोगाउने खालको मेकअप आवश्यक हुन्छ। यतिबेला शतप्रतिशत वाटरप्रुफ मेकअप नै चाहिन्छ।

हेयर स्टाइल

गर्मीमा चिपचिपे खालको, ग्लिटर तथा जेल प्रयोग गरिएका हेयर स्टाइल उपयुक्त हुँदैनन्। यस्तो मौसममा दुलहीका लागि निट एण्ड क्लिन हेयर स्टाइल सहज र सुहाउँदिलो हुन्छ।

रिसेप्सन मेकअप

अहिलेका ब्राइडहरू रिसेप्सन पार्टीमा आफूलाई रेड कार्पेटमा हिड्ने बिग स्टार सेलिब्रेटी जस्तो फिल गर्छन् र सोहीअनुरुपको लुक्स आफूमा ल्याउन चाहन्छन्। यसका लागि स्टाइलिस्ट लुक दिने मेकअप चाहिन्छ। रिसेप्सनमा अहिले रन वे, रेड कार्पेट तथा फिल्मी मेकअप बढी चलेको छ।

घरमै दुलही सिंगार्न

सर्वप्रथम बेहुलीको छाला, केशको रंग तथा क्वालिटीका सम्बन्धमा अध्ययन गर्नु जरुरी छ। छाला र केशको आवश्यक सरसफाइपछि केश कर्ली गरेर म्यासी बनाउन सकिन्छ भने अनुहारमा पनि बढी एक्सपेरिमेन्ट नगरी गोल्डेन स्याडो, गाढा कालो गाजल, रेड लिपिस्टिक माथि हल्का ग्लस लगाइदिँदा पक्का दुलहीको

रूप झल्किन्छ।  

कालो वर्णकी दुलही सिंगार्न

सर्वप्रथम छाला र केशको अध्ययन गर्ने। दुलहीसँग काउन्सिलिङ गर्ने कालो देखिन मन छ कि गोरो ? त्यसपछि उनलाई उनकै छालाअनुरूपको डस्की मेकअपका सम्बन्धमा बुस्ट गर्ने। ऊ कन्भिन्स भैसकेपछि मात्र मेकअप सुरु गर्ने। कालो वर्णका युवतीहरूका लागि ब्रन्ज मेकअप उपयुक्त हुन्छ। जसले कालो छालालाई फ्रेस, चार्मिङ तथा एलिगेन्ट लुक्स प्रदान गरी आकर्षक देखिन सहयोग पुर्‍याउँछ।

मोस्ट स्टाइलिस्ट ब्राइड

मैले मेकअप गरेका एक से एक ब्राइड स्टाइलिस्ट छन्।

ब्राइडल मेकअप गर्न मन लागेकी सेलिब्रेटी

मनीषा कोइरालाको ब्राइडल मेकअप गर्दा आफूलाई अत्यन्त गौरवान्वित महसुस गरें। अब पाए सोनम कपूर र कंगना रनावतको ब्राइडल मेकअप गर्न मन छ।

ब्राइडल मेकअपमा महत्वपूर्ण भूमिका

खेल्ने चीज

ब्राइड र म बीचको समय व्यवस्थापन, ब्राइडको कन्फिडेन्स, अटायर तथा ज्वेलरी। यी सबैमा हेयर एण्ड मेकअपले नै महत्वपूर्ण भूमिका खेल्छ।

मिाई फेबरेट

बेस्ट इक्विपमेन्ट्स ः क्वालिटी प्रोडक्ट।

रमाइलो लाग्छ ः मेकअप गर्ने औजारहरूसँग खेल्दा।

फ्रेस फिल गर्छु ः आँखाको मेकअपमा तथा फेस कन्टोरिङ गर्दा।

म चाहन्छु ः क्रियटिभ एक्सपर्टसँग आफूलाई अपडेट गराउन।

 Image