Successfully Copied

स्किन केयर

इन्डियन आर्मीका पूर्व क्याप्टेन जे.बी. (जनक जंगबहादुर) राणा तथा आमा कमलादेवी राणाका ५ सन्तानमध्ये एक रुवी राणाको प्राथमिक शिक्षा महाराष्ट्रमा भयो।

इन्डियन आर्मीका पूर्व क्याप्टेन जे.बी. (जनक जंगबहादुर) राणा तथा आमा कमलादेवी राणाका ५ सन्तानमध्ये एक रुवी राणाको प्राथमिक शिक्षा महाराष्ट्रमा भयो। वीरगंजबाट एस.एल.सी. दिएपछि ठाकुरराम क्याम्पसबाट आइ. एस्सी. सिध्याएकी रुवी सन् १९९४ मा प्रथम मिस नेपाल भइन्। आर्टसमा ग्य्राजुयसन गरेकी रुवीले फिलिपिन्सको सेबुबाट मेकअप आर्टमा विशेषज्ञता हासिल गरेकी छिन्। त्यसका अतिरिक्त उनले बरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठसँग सौन्दर्य शिक्षामा डिप्लोमा गरेकी छिन्। पर्सनल रिलेसन मेन्टेन गर्न तथा आफ्नो व्यक्तित्वलाई थप निखार ल्याउन उनले करिब २ वर्ष याक एण्ड यति होटलमा पब्लिक रिलेसन म्यानेजरका रूपमा काम गरिन्। त्यसपछि उनले आइआइएमपी पोलिटेक्निकमा केही समय प्रिन्सिपलको काम गरिन्। रुवी भन्छिन्-'कति अर्काको काम गर्ने भन्ने सोच आएकाले सन् २००० देखि आफ्नै स्वामित्वको रुविज ब्युटी होम खोलें जुन मेरा लागि आफूमा भएको क्षमता अझ एक्सप्लोर गर्ने प्लेटर्फम बन्यो।'

समाजसेवामा पनि अत्यन्त रुचि राख्ने रुबी वृद्धाश्रमको संस्थापक अध्यक्ष, अपाङ्ग संघको सल्लाहकार रहनुका साथै अन्य विविध सामाजिक संस्थामा आबद्ध छिन्। चलचित्र एवं विज्ञापनमा समेत काम गरिरहेकी रुबी अहिले थाइल्यान्डस्थित ग्ल्यामर एडुकेसनको फ्रेन्चाइजिजमा बिजुलीबजारस्थित ग्ल्यामर एडुकेसन नेपाल नामक ब्युटी स्कुलको प्रमोसनमा व्यस्त छिन्। भविष्यमा यसलाई कलेजका रूपमा विकसित गर्ने ठूलो सपना रहेको पनि उनले बताइन्। ट्राभल एजेन्सी, घर, ब्युटिपार्लर तथा अभिनयलाई एकसाथ हाँकिरहेकी राणाले भर्खरै मात्र नेपाल भित्र्याएको अमेरिकन ब्रान्ड अक्सिजन तथा अक्सओएसिस मिस्ट फेसियल मेसिनको यतिबेला सौन्दर्य क्षेत्रमा निक्कै चर्चा छ। नेपालमै पहिलोपटक भित्रिएको दाबी गरिएको यो मेसिनद्वारा अक्सिजन फेसियल गरिन्छ।

स्किन केयरका सम्बन्धमा रुबी

जाडोमा छालाको स्याहार

मौसम परिवर्तनको असर सबैभन्दा पहिले छालामा देखिन्छ। साधारणतया छालाको पिचए ब्यालेन्स ४ दशमलव ५ हु्नुपर्छ। अत्यधिक जाडो वा अत्यधिक गर्मी मौसममा छालाको पिएच ब्यालेन्समा गडबडी आउँछ। त्यसलाई मेन्टेन गर्न गर्मीमा ओयल फ्रि, जाडोमा ओयल बेस्ड सनब्लक तथा फाउन्डेसन लगाउनुपर्छ। दैनिक क्लिन्जिङ, टोनिङ गरेर मोस्चराइजर प्रयोग गर्नुपर्छ।

मुहारलाई सदाबहार आकर्षण दिन

तनावबाट मुक्त रहनुपर्छ। कम्प्युटरमा बढी काम गर्ने, अल्कोहल पिउने, धूम्रपान गर्नेहरूमा बढी तनाव देखिन्छ तसर्थ दैनिक १० मिनेट भए पनि योग गर्नु स्वास्थ्य एवं सुन्दरता दुवैका दृष्टिले राम्रो हो। व्यक्ति भित्रैदेखि स्वस्थ र ताजा छ भने त्यसको चमक अनुहारमा झल्कन्छ। त्यसबाहेक सही प्रसाधन प्रयोग गर्ने त छँदैछ।

एक्ने, ब्ल्याकहेड्स तथा फैकल्स

जन्मिदै कसैको पनि छाला समस्याग्रस्त हुँदैन। खानपान एवं गुणस्तरहीन प्रसाधनको प्रयोगले हाम्रो छालामा विविध समस्या देखा पर्छन् तसर्थ उमेरअनुसार सन्तुलित भोजन एवं व्यायाम आवश्यक हुन्छ। यति गर्दा पनि नभए डायटिसियन, डाक्टर वा एस्थेटिसियनसँग सल्लाह लिई निदानतर्फ ध्यान केन्दि्रत गर्नुपर्छ।

जाडोमा न्यानो घाममा बस्नु

कुनै सुरक्षात्मक प्रसाधनबिना नै घाममा बस्नु हानिकारक हुन्छ। घामको अल्ट्रा भ्वाइलेट विकिरणले छालालाई असर पुर्‍याउँछ। यद्यपि घामले हाम्रो शरीरको हड्डीमा भिटामिन पनि प्रदान गर्छ। विदेशीहरू सनबाथ लिँदा जेल तथा सनब्लक प्रयोग गरी ह्याट लगाएर घाममा बस्छन्।

अनुहार साबुनले धुनु

अनुहारमा स्ट्रङ इम्युनिटी पावर छ भने स्याम्पुले धोए पनि फरक पर्दैन तर २३ वर्ष कटेपछि हाम्रो छालाका छिद्रले राम्रोसँग काम गर्न छोड्छ। तसर्थ तैलीय छालालाई फेसवास र सुख्खा छालालाई वाइप अप गर्नुपर्छ। साबुनको प्रयोग उचित हुँदैन।

दैनिक हेभी (विथ फाउन्डेसन) मेकअप

मैले १८ वर्षको उमेरदेखि नै फाउन्डेसनसहित मेकअप गर्न थालेकी हुँ। अहिले म ४३ वर्षकी हुँदा पनि मेरो छालामा उत्तिकै चमक छ। म सुत्नुअघि मेकअप रिमुभ गर्न कहिल्यै बिर्सन्न। मलाई लाग्छ यसले छालालाई प्रोटेक्सन दिन्छ। फाउन्डेसन भनेको जग हो तसर्थ जग बलियो बनाउन यसको महत्वपूर्ण भूमिका छ। कुरा यत्ति हो आफ्नो छालाको प्रकार र त्यसलाई सुट हुने प्रसाधन छान्न आवश्यक हुन्छ।

अनुहार वा ओठ फुटे

रोजवाटर तथा दूधको तरमा कागतीको रस मिसाइएको लेपका साथै ग्लिसरिन, भ्यासलिन आदि लगाउन सकिन्छ।

हर्बल वा अन्य प्रसाधन

अहिले आममानिस स्पा फेसियल, स्पा मसाज, स्पा हेयर टि्रटमेन्टतर्फ तानिएका छन्। हर्बल प्रसाधन प्राकृतिक जडीबुटीद्वारा निर्मित हुन्छ। यसले छालालाई आवश्यक पर्ने भिटामिन तथा अन्य तत्वहरू प्रदान गर्छ। अरूको तुलनामा हर्बल प्रसाधन राम्रा मानिन्छन्।

मेकअपसँग त्रासको भावना भएकाहरूलाई

कन्र्फम हुनुहोस् कन्फ्युजनमा नबस्नुहोस्। आत्मविश्वास बढाउनुहोस्। सही प्रसाधन छालाका लागि वरदान साबित हुन्छन्।

म गर्छु

पहिले महिना दिनमा फेसियल गर्थें अहिले उमेर बढ्दै गएपछि १५ दिनमै फेसियल गराउँछु। शारीरिक व्यायाम गर्छु। क्लिन्जिङ तथा टोनिङ गरेर मोस्चराइजर लगाउँछु। दैनिक मेकअपमा फाउन्डेसन, मस्कारा, गाजल तथा ग्लस लगाउँछु जसले मेरो सुन्दरतामा अझ निखार ल्याउँछ।

मलाई भन्नु छ

हामी नारी छोरी, बुहारी, श्रीमती एवं आमाको भूमिकामा जति व्यस्त छौं त्यसबाट बाहिर निस्किएर एकछिनका लागि भए पनि आफ्ना लागि सोचौं। विविध भूमिका निर्वाह गर्दा कुण्ठित भएका हामी नारीले थोरै समयका लागि भए पनि ऐना अगाडि उभिएर आफूलाई समय दिन सक्यौं भने सदाबहार देखिन सक्छौं।

रुबी राणा, एस्थेटिसियन

रुबिज हेयर स्किन केयरिङ ब्युटी होम एण्ड इस्टिच्युट

 Image