Successfully Copied

प्रीति आत्रेय ज्ञवाली
फलित ज्योतिषाचार्य
मेष
महिना अनुकूल रहनेछ । मनमा भएको तनाव हट्दा मन स्वस्थ रहनेछ । काम गर्ने पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ । प्रतिस्पर्धीहरू आफै तर्किन थाल्नेछन् । हरेक क्षेत्रबाट काममा सहयोग प्राप्त हुनेछ । समयलाई आफ्नै इच्छानुरूप ढाल्न खोजिनेछ । आफ्नो कार्यक्षेत्रमा राम्रो सफलता हात लाग्नेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । कुनै माङ्गलिक काममा सहभागी हुने मौका मिल्नसक्छ । आफूभन्दा टाढा रहेका आत्मीयजनको कमी महसुस हुनेछ ।


वृष
महिनाको पहिलो तीन हप्ता निकै परिश्रम गर्नुपर्छ । कुनै न कुनै कुराले अल्झाइरहनेछ । स–साना कुरामा पनि खट्नुपर्नेछ । धैर्य र शान्तमनले सबै काम सक्ने प्रयास गर्नुपर्नेछ । तेस्रो हप्तादेखि समय केही अनुकूल बन्दै जानेछ । आफ्ना कामका लागि समय निस्कने छ । यो महिना कसैकसैका लागि दाम्पत्य जीवन प्रवेशको योग छ । कुनै बहुप्रतीक्षित काममा सफल भइनेछ । व्यावसायिक क्षेत्रबाट लाभ मिल्नेछ । प्रतियोगितात्मक कार्यमा सहभागी हुने मौका मिल्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ ।


मिथुन
विभिन्न कुराले गर्दा महिना राम्रो रहनेछ । आत्मीयजनसितको भेटघाटले मनमा ऊर्जा बढ्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कसैलाई सापटी दिएको रकम उठ्नेछ । इष्टमित्रमा नयाँ सदस्यको आगमन हुनसक्छ । कतै घुमघाम गर्न जाने मौका जुट्न सक्छ । प्रायः सबै काम योजनानुसार पूर्ण र सफल बन्दै जानेछन् । स्वतन्त्ररूपमा आफ्ना लागि समय दिन पाउँदा मन हर्षित रहला । कुनै पनि कुरामा प्रतिक्रिया दिँदा र व्यावहारिक कामकुरा गर्दा भने सतर्क रहनुपर्ने बेला छ ।


कर्कट
कतै घुमघाम गर्न जाने सम्भावना छ । कुनै विशेष कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । विभिन्न क्षेत्रका विविध व्यक्तित्वसित भेट्ने मौका जुट्ला । कुनै कुरामा अनपेक्षित लाभ होला । काम गर्ने पराक्रम बढ्दा जुनै काममा पनि सहज भाव उत्पन्न हुनेछ । कुनै नयाँ सामान जोरिने सम्भावना रहेको छ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र राम्रै रहनेछन् । कसैलाई सापटी दिएको रकम हात लाग्नसक्छ । विभिन्न कुराले मनमा खुसी छाउनेछ । समग्रमा महिना सन्तोषजनक नै रहनेछ ।


सिंह
समसामयिक कामकुरामा आधारित रही आफूलाई प्रस्तुत गर्न खोजिनेछ । प्रायः सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ । विविध कुरामा सहभागिता जनाउने मौका मिल्नेछ । सामान छुट्ने सम्भावना भएकालेसामानको ख्याल गर्नुपर्नेछ । कहिलेकाहीँ कामको चापले टाउको एवं आँखा दुख्ने समस्या देखिनसक्छ । समय र कामको तालमेल मिलाउन सकेमा धेरै सहज हुनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै विशेष काममा सफलता मिल्नेछ । कसैकसैलाई आफ्नो कार्यक्षेत्रबाट राम्रो सम्मान मिल्नेछ ।


कन्या
विभिन्न कामकुराले व्यस्त रहनुपर्नेछ । यो महिनामा कसैकसैलाई वैदेशिक यात्राको योग रहेको छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । सकेसम्म अनपेक्षित रहँदै एक/एक गर्दै क्रमशः काम सक्ने प्रयास गर्नुपर्नेछ । पारिवारिक खुसीलाई ध्यानमा राख्दै आफूलाई प्रस्तुत गर्न खोजिनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया र समझदारी कायम रहनेछ । कसैकसैको यो महिनामा लगनगाँठो पनि कसिने प्रबल सम्भावना रहेको छ । कसैको घरमा नयाँ सदस्यको आगमन हुनसक्छ । सन्तानबाट सुख–सन्तोष मिल्नेछ । कामको धपेडीले तनाव, अनिद्रा, ग्यास्ट्रिक, कब्जियतजस्ता स्वास्थ्य समस्या आउनसक्छन् । सकेसम्म स्वास्थ्य, आराम र खानपानमा पनि ध्यान दिनुपर्ने बेला छ ।


तुला
सकारात्मक सोच र सदाचारी मनोभावले गरेका कामहरूमा सफलता मिल्नेछ । यदाकदा काममा बाधा आए पनि आफ्नै सुझबुझले समाधान गरिनेछ । दाम्पत्य जीवनमा सामान्य वादविवाद भए पनि एक–अर्काप्रतिको सम्मान र सद्भाव कायमै रहनेछ । नवविवाहितालेसमझदारीमा ध्यान दिनुपर्ने बेला छ । घरमा विभिन्न कुराको जोहो हुनेछ । व्यक्तिगत खुसीमा पनि ध्यान दिने प्रयास हुनेछ । रक्तचापको मात्रामा घटबढ हुनसक्ने भएकाले खानपानमा सजग रहनुपर्ने बेला छ । काम गर्ने जाँगरमा कमी हुँदा तनमा सुस्तता छाउनसक्छ । मनोरञ्जन एवं घुमफिरका क्रियाकलापमा मन आकृष्ट रहनेछ ।सकेसम्म कसैको भर नपरी आफ्नो कर्तव्यमा अडिग रहने प्रयत्न गर्नुपर्नेछ ।


वृश्चिक
कसैकसैको यो महिनामा बसाइसराइ हुनसक्छ भने कसैको नवगृहप्रवेश हुनसक्छ । शुभ एवं माङ्गलिक कार्यमा आबद्ध हुने मौका मिल्नेछ । कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रमा लाभ मिल्नेछ । मनमा नयाँ जोस र उमङ्गका कारण हरेक काममा सरलता हुनेछ । रगतमा आइरन, प्लेटलेट्स, हेमोग्लोबिनको मात्रामा कमी हुने र टाउको दुख्ने स्वास्थ्य समस्या हुनसक्छन् । राम्रै स्वास्थ्य भए पनि आराम, व्यायाम र खानपानमा सजग रहनुपर्नेछ । अनावश्यक खर्च हुने सम्भावना भएकाले कुनै पनि किनमेल गर्नुअघि घरमा सामान भए/नभएको विचार गर्नुपर्नेछ ।


धनु
विविध कुराले गर्दा यो महिना अनुकूल रहनेछ । हरेकक्षेत्रमा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । कुनै बहुप्रतीक्षित काममा सफल भइनेछ । पारिवारिक वातावरण सुखमय हुनुका साथै आत्मीयजनसित सुमधुर वार्तालाप हुनेछ । दाम्पत्य जीवनमा जोडीबाट समयानुसार सहयोग पाइनेछ । टाउको एवं आँखा दुख्ने योग भएकाले झिनामसिना काम गर्दा सजग रहनुपर्नेछ । कसैकसैको यो महिनामा नयाँ घरजम हुनसक्छ । माइती/मावली पक्षबाट भनेजस्तै सहयोग पाइनेछ । घरमा विविध कुरामा फेरबदल हुनसक्छ । व्यक्तिगत खुसीका लागि पनि कुनै कुरामा खर्च हुनसक्छ । कतैबाट उठ्न बाँकी रहेको रकम उठ्नसक्छ ।


मकर
नवम सूर्यको प्रभावले गर्दा बेलाबेलामा सानातिना बाधा आइलाग्न सक्छन् । छैठौं मङ्गलले आत्मविश्वासलाई बढाउनेछ । विभिन्न खालका सरसामान जोरिन सक्छन् । महिनाको पूवार्द्धका सुरूका केही दिन र उत्तरार्द्धमा पछिल्ला केही दिन व्यापारिक क्षेत्रमा राम्रो रहनेछ । प्रायः सबै कुरा तपाईंकै अनुकूल रहनेछन् । तर पनि कहिलेकाहीँ अहम्पना हावी हुनसक्छ । सकेसम्म कुराकानी एवं प्रतिक्रियात्मक कार्यमा धैर्य रहनुपर्ने हुन्छ । कसैकसैका लागि महिनाको उत्तरार्द्धमा कुनै उपलब्धि प्राप्त हुनसक्छ । माइती–मावलीबाट अपेक्षित सहयोग पाइनेछ । सबैले आ–आफ्नोतर्फबाट सक्दो सहायता गर्नेछन् । आहारविहारमा सजग रही काम गर्नु श्रेयस्कर रहनेछ ।


कुम्भ
पारिवारिक वातावरण सुखमय रहनेछ । सन्तानबाटसन्तोष मिल्नेछ । कामविशेषले टाढिएका छोराछोरीको सम्झनाले मन विह्वल बनाउला । मनको घाउले बेलाबेलामा पीडा दिन खोजेपनि आफूलाई बेलैमा सम्हाल्ने प्रयास गरिनेछ । अनपेक्षित डर र विचारलाई जितेर आफ्नो कर्तव्यमा अग्रसर भइनेछ । कुनै कुराले मनले सन्तोष गर्ने ठाउँ भेट्नेछ । विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ । प्रायः सबै कुरा समयानुसार मिल्दै जानेछन् । सबैले तपाईंको भावना बुझी तदनुरूप काम गर्ने प्रयत्न गर्नेछन् । शान्त र धैर्यपूर्वक सीमित बोलीमा काम सक्ने प्रयास गर्नु उपयुक्त हुनेछ ।


मीन
यात्रा गर्ने योग छ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । कुनै कुराले मनमा प्रसन्नता हुनेछ भने कुनैले मनमा खिन्नता पनि हुनसक्छ । आफूलाई समयानुसार चलाउन खोजिनेछ । पेटसम्बन्धी समस्या देखिनसक्ने भएकाले खानपानमा ध्यान दिनुपर्नेछ । नयाँ सदस्यको आगमन हुनसक्छ । दिदीबहिनी र दाजुभाइको सम्बन्धमा प्रगाढता छाउनेछ । महिनाको मध्यमतिर दाम्पत्य जीवनमा केही विवाद हुनसक्छ । बेलाबेलामा सानातिना कामकुराले कहिले यता कहिले उता भने गरिरहनुपर्नेछ । रक्तचापका बिरामीले पनि स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । 

 Image