Successfully Copied

मनमोहक ‘ग्रिन भ्याली रिसोर्ट’

काठमाडौंको शिवपुरी डाँडागाउँस्थित ‘ग्रिन भ्याली रिसोर्ट’ पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

काठमाडौंको शिवपुरी डाँडागाउँस्थित ‘ग्रिन भ्याली रिसोर्ट’ पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको काखैमा रहेको यो रिसोर्टबाट गणेश हिमाल नियाल्न सकिन्छ । २२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा २० वटा रुम र चार वटा टेन्ट छन् । बालबालिकाका लागि छुट्टै पार्कको पनि व्यवस्था छ । 

काठमाडौंबाट १६ किलोमिटर दूरीमा रहेको यो रिसोर्टमा एक पटकमा ८० जनासम्म अट्न सक्ने क्षमता छ । यहाँ पिकनिक गर्न सकिने व्यवस्था छ । रिसोर्टको मुख्य विशेषता भनेको अर्गानिक खाना हो । रिसोर्टको वरपर तामाङ संस्कृति नियाल्न सकिन्छ । साथै तामाङ होमस्टेहरूमा पनि बस्न सकिन्छ । 

दुई ठाउँमा यहाँबाट हाइकिङ जान सकिन्छ । यहाँबाट ४५ मिनेटमा विष्णुद्वार र तीन घन्टाको यात्रा गरी बागद्वार पुग्न सकिन्छ । यहाँबाट नुवाकोटको गुर्जे र काठमाडौंको सुन्दरीजल पनि पुग्न सकिन्छ । रिसोर्टमा कटेजभित्र टेन्ट फिट गरिएको छ । रिसोर्टका अपरेसन इन्चार्ज गणेश श्रेष्ठका अनुसार एउटा टेन्टमा चारदेखि छ जनासम्म बस्न मिल्छ । रिसोर्टको प्याकेजअन्तर्गत भने व्यक्ति कसरी बस्न रुचाउँछन् सोहीअनुसार शुल्क निर्धारण गरिएको उनले बताए । ‘रिसोर्ट शान्त र निकुञ्ज नियाल्न सकिने भएकाले यहाँ स्वदेशी तथा विदेशीहरूको आकर्षण बढ्दै गएको हो’ उनले भने, ‘पर्यटकलाई थप सेवा दिने उद्देश्यले रिसोर्टले डिजे हल, सिसाको रेस्टुरेन्ट, स्वीमिङ पुल, ज्याकुजी निर्माण गर्दैछ ।’

 

 Image