Successfully Copied

मिस नेपाल कल्चर उरुषा

हिजोसम्म सामाजिक सीमाको चौघेरामा रहेका नेपाली महिला विभिन्न क्षेत्रमा आफ्नो नाम चम्काउन सफल भएका खबर दैनिकजसो सुनिन थालेका छन् । यसै क्रममा गत महिना ‘मिस नेपाल कल्चर–२०१६’ को उपाधि हात पार्दै उरुषा जोशी सांस्कृतिक संस्थानको सांस्कृतिक दूतमा नियुक्त भएकी छिन् ।

हिजोसम्म सामाजिक सीमाको चौघेरामा रहेका नेपाली महिला विभिन्न क्षेत्रमा आफ्नो नाम चम्काउन सफल भएका खबर दैनिकजसो सुनिन थालेका छन् । यसै क्रममा गत महिना ‘मिस नेपाल कल्चर–२०१६’ को उपाधि हात पार्दै उरुषा जोशी सांस्कृतिक संस्थानको सांस्कृतिक दूतमा नियुक्त भएकी छिन् । बीबीएस पूरा गरी एलएलबी अध्ययनरत उरुषा हाल टाइम्स एफएममा आरजेका रूपमा कार्यरत छिन् भने उनले मोडलका रूपमा समेत परिचय बनाएकी छिन् । उरुषा भविष्यमा पनि यो पेसालाई निरन्तरता दिने सोचमा छिन् । तत्काल भने सांस्कृतिक संस्थानको दूतको हैसियतमा संस्कृतिको जगेर्ना गर्ने कार्यमा क्रियाशील रहने दायित्व आफ्नो काँधमाथि आएको उरुषा बताउँछिन् । 

 Image