प्रेरणादायी पुष्पा
गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् । उनी दशककै प्रेरणादायी व्यक्तित्व घोषित भएकी छिन् ।
सुन्दर ब्यक्तित्वकी धनी, हंसिली तथा फरासिली मञ्जु कार्की पाण्डे मेकअप आर्टिस्टहरुलाइ तालिम दिने काम गर्छिन् । त्यतिमा मात्रै उनको परिचय सिमित छैन् । मिसेज नेपाल २०१५ मा बेस्ट स्माइल तथा कण्फिडेन्ट उपाधी जितेपछि उनमा बाहिर निस्किएर महिलाका लागी अझ धेरै काम गर्ने आंट थपिएको छ । झापा भद्रपुरकी मञ्जु मीस नेवा लयागतका थुप्रै ब्युटी प्याजेन्टमा मेकअप आर्टिस्टका रुपमा लामो समय देखी सहकार्य गर्दै आइरहेकी छिन् । ग्ल्यामर एजुकेशन ट्ेरनिगं सेन्टर अनामनगरकी मेकअप ट्ेरनर मञ्जु समाजसेवामा पनि उत्तिमै सक्रिय देखिन्छिन् । भन्छिन्–समाजसेवा मेरो भित्री इच्छा हो । ग्रामीण लगायत शहरका पनि कतिपय बिद्यालयहरुमा पाठ्यसामाग्री बितरण गर्ने कामलाइ निरन्तरता दिइहरेकी छु ।