Successfully Copied

लगनशील रश्मिला

धादिङमा जन्मिएकी साधारण एवं धैर्यशाली रश्मिला श्रेष्ठ संघर्ष मन पराउँछिन् ।

धादिङमा जन्मिएकी साधारण एवं धैर्यशाली रश्मिला श्रेष्ठ संघर्ष मन पराउँछिन् । बाल्यकालदेखि नै सिर्जनात्मक कार्यमा रुचि राख्ने रश्मिला अरूलाई सहयोग गर्न पाउँदा खुसी हुन्छिन् । ३५ वर्षीया रश्मिलाले आफ्नो रुचिलाई साकार बनाउन विभिन्न संस्थाबाट तालिम लिइन् । सुरुमा उनले हबिव, सयाम हुँदै नेपाल चाइना स्किन केयरबाट फेसियलसम्बन्धी तालिम लिइन् । अहिले उनी फेसियल सेन्टरमा आबद्ध छिन् । ६ वर्षमा उनले करिब १५ हजार ग्राहकको छालाको उपचार गरिसकेकी छिन् । रश्मिला समाजसेवामा पनि सक्रिय छिन् । रश्मिला छालामा कुँदिएको ट्याटु पनि हटाउँछिन् । नारी सृष्टिको सुन्दर तथा अनुपम संरचना भएको बताउने रश्मिलालाई आफू नारी भएकोमा गर्व छ । नारीले आँटे तथा चाहे जुनसुकै कार्य पूरा गर्न सक्ने उनको अनुभव छ । रश्मिला भन्छिन्, ‘शिक्षा एवं लगनशीलताले नै महिलालाई उच्च स्थानमा पुर्‍याउँछ ।’

 Image