‘द पोएट आइडल’ की विजेता नीलम गुरुङ
नेपालमा पहिलोपटक कवितामा आधारित प्रतियोगिता ‘द पोएट आइडल’ की विजेता हुन्–नीलम गुरुङ । सिक्किममा जन्मे÷हुर्केकी उनलाई त्यहाँको साहित्यिक वातावरणले यो क्षेत्र र कलाप्रति खुबै प्रेरित गर्यो ।
नेपाली चलचित्र उद्योगकी विशिष्ट प्रतिभा गौरी मल्ल नेपाल टेलिभिजनबाट प्रसारित टेलिचलचित्र सिंहदरबारमार्फत आफ्नो बेजोड अभिनय कौशलले दर्शकको मन जित्दैछिन् । उक्त टेलिचलचित्रमा प्रथम नेपाली महिला प्रधानमन्त्रीको प्रभावशाली भूमिकामा देखा परेकी उनको भूमिका अत्यन्त सशक्त छ जसले आमनेपाली महिलामा आशाको सञ्चार गर्न सक्छ । युएसएडद्वारा निर्मित उक्त टेलिचलचित्र प्रसारण भैरहेकै समयमा संयोगवश नेपालमा राष्ट्रपति एवं सभामुखजस्ता गरिमामय पदमा महिला नै पुग्न सफल हुनुले सिंहदरबारकी गौरी अझ ओजिलो भएको अनुभव गर्न सकिन्छ । यस विषयमा मल्ल भन्छिन्–पदमा पुग्नु मात्र ठूलो कुरा होइन, त्यसमा न्याय गर्न सक्नु ठूलो कुरा हो तसर्थ नेपाली महिलाले प्राप्त उपलब्धि जोगाउनु आवश्यक छ ।