प्रगति पथमा महिलाको अग्रसरता
(कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा नारी सम्पादक घिमिरेले राखेको मन्तव्यको संपादित अंश)

नेपाली चलचित्र उद्योगकी विशिष्ट प्रतिभा गौरी मल्ल नेपाल टेलिभिजनबाट प्रसारित टेलिचलचित्र सिंहदरबारमार्फत आफ्नो बेजोड अभिनय कौशलले दर्शकको मन जित्दैछिन् । उक्त टेलिचलचित्रमा प्रथम नेपाली महिला प्रधानमन्त्रीको प्रभावशाली भूमिकामा देखा परेकी उनको भूमिका अत्यन्त सशक्त छ जसले आमनेपाली महिलामा आशाको सञ्चार गर्न सक्छ । युएसएडद्वारा निर्मित उक्त टेलिचलचित्र प्रसारण भैरहेकै समयमा संयोगवश नेपालमा राष्ट्रपति एवं सभामुखजस्ता गरिमामय पदमा महिला नै पुग्न सफल हुनुले सिंहदरबारकी गौरी अझ ओजिलो भएको अनुभव गर्न सकिन्छ । यस विषयमा मल्ल भन्छिन्–पदमा पुग्नु मात्र ठूलो कुरा होइन, त्यसमा न्याय गर्न सक्नु ठूलो कुरा हो तसर्थ नेपाली महिलाले प्राप्त उपलब्धि जोगाउनु आवश्यक छ ।