‘चेस इज द बेस्ट’
चेससम्बन्धीसैद्धान्तिक र व्यावहारिक ज्ञान दिइन्छ । लेभल टेस्ट गरेर भर्ना लिन्छौं । यहाँ १२ हप्ताको सुरुवाती, १४ हप्ताको एड्भान्स सुरुवाती, १६ हप्ताको इन्टरमिडियट र १८ हप्ताको एडभान्स कोर्स छन् ।

बाग्मतीकी यशोदा
सस्पेन्स थ्रिलर चलचित्र ‘बाग्मती’ लिएर नेपाली चलचित्र बजारमा प्रवेश गरेकी यशोदा राई तुम्बाहाम्फे यो क्षेत्रलाई पूर्णरूपमा व्यावसायिक बनाउन तथा चलचित्र बजारको ट्ेरन्ड परिवर्तन गर्न चलचित्र निर्माणमा लागेको बताउँछिन् । राई भन्छिन्–चलचित्र बजार ठूलो देखियो तर नेपाली पैसा भारतलगायत बाहिरी मुलुक गएको महसुस भयो तसर्थ नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको चलचित्र निर्माण गर्न र दर्शकलाई त्यस्तै गुणस्तरको स्वाद प्रदान गर्न म यो क्षेत्रमा आएकी हुँ ।’ मुक्तिनाथ इन्भेस्टमेन्टमा प्रबन्ध निर्देशकका रूपमा कार्यरत समाजशास्त्रमा स्नातकोत्तर राई विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छिन् ।