- गर्मी मौसममा सबैभन्दा सजग रहनुपर्ने कुरा खानपानमा हो किनभने यो स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ ।
- गर्मीमा पकाइएका परिकार छिटै बिग्रने हुनाले सकेसम्म ताजा खानेकुरामा जोड दिनुपर्छ ।
- प्रशस्त पानी, जुस, दाल, सुप, तरबुजा–खरबुजा तथा मिनरलयुक्त खानपान एवं फलफूल यो समयका उपयुक्त अनि लाभदायक खानपान हुन् ।
- रेस्टुरेन्टमा खाने हो भने सकेसम्म ओपन किचन भएका रेस्टुराँ छनोट गर्नुपर्छ ।
- खानपानमा अलिकति पनि तल–माथि परेको खण्डमा बिरामी परिने हुँदा गर्मीमा विशेष सावधानी अपनाउनु जरुरी छ ।
सञ्चालक, बिग टक रेस्टुरेन्ट