ध्यान गर्दा हुने फाइदा
ध्यान गर्दा मस्तिष्क शान्त हुन्छ । यसरी मस्तिष्क तनावरहित भएपछि रोगविरुद्ध लड्ने हार्मोनहरू क्रियाशील हुन्छन् भने रोग उत्पादन गर्ने हार्मोनहरू निष्क्रिय हुन थाल्छन् ।
- मौसम परिवतर्नसँगै तापक्रममा परिवर्तन आउने भएकाले विभिन्न भाइरस उब्जन्छन् । यसले गर्दा धेरैलाई टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने तथा थकावट महसुस हुनसक्छ ।
- राइनो तथा कोरोना भाइरसले मानिसलाई जाडो तथा गर्मी दुवै मौसममा बिरामी बनाउँछ । यो भाइरस धेरै छिटो फैलने भएकाले मानिसहरू छिट्टै यसको सिकार हुन्छन् ।
- रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस चाँडै यस्ता रोगको सिकार हुन्छन् ।
- यस्ता समस्याबाट जोगिन आफ्नो दैनिक क्रियाकलाप तथा खानपानमा ध्यान पुर्याउनुपर्छ । खानामा भिटामिन सी तथा डीको मात्रा बढाउनुपर्छ । फलफूल एवं तरकारी प्रशस्त मात्रामा खानुपर्छ ।
- आफ्नो खानामा गेडागुडीको झोल समावेश गर्नुपर्छ । झोल खानेकुरा बढी मात्रामा खानुपर्छ ।
- बाहिर खुल्ला राखिएका तथा बासी, सडेगलेका खानेकुरा खानु हुँदैन भने नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ ।