सर्वप्रथम बालबालिकाहरूलाई संस्कार सिकाउन जरुरी छ ।
संस्कार र अनुशासन भएपछि अध्ययनमा केन्द्रित गराउने जिम्मा विद्यालयको हो ।
बालबालिकालाई लामो छुट्टीमा होमवर्कको भारी दिएर बढी तनाव दिनु हुँदैन । रमाइलो गरी पढ्ने वातावरण तयार पारिदिदिनुपर्छ ।
पाठ्यक्रमका अतिरिक्त खेलकुद, नृत्य, गायन एवं संगीत आदि क्रियाकलापमा सहभागी गराउनुपर्छ ।
विद्यार्थीको मनोबल बढाउन उनीहरूको भावना बुझेर सोहीअनुरूप पढाउनुपर्छ ।
विद्यार्थीलाई त्रासमा राखेर होइन मायाले अध्ययनप्रति उत्प्रेरित गर्नुपर्छ ।
विद्यार्थीहरूलाई पढाउँदा शिक्षक तथा अन्य समयमा उनीहरूको अभिभावक वा साथी बन्न सक्नुपर्छ ।
रञ्जना प्रधान, प्रिन्सिपल
नाइटिङ्गेल उच्च मा.वि., कुपन्डोल