कम्मरका लागि व्यायाम
सीधा उभिएर दुवै हातले कम्मरमा समाएर पछाडि झुक्ने प्रयास गर्ने । यो व्यायाम पनि दिनको दस पटक गर्नुपर्छ । यसबाट कम्मर, काँध तथा घाँटीको पीडामा पनि आराम मिल्छ ।

- जाडो मौसममा सबैलाई घाम प्यारो हुन्छ । घामबाट भिटामिन डी प्राप्त गर्न सकिन्छ ।
- घाम ताप्दा अनुहारमा सूर्यको किरण पर्ने गरी बस्नु हुँदैन ।
- घाममा बस्नुभन्दा १५ मिनेट अघि ३० एस पि एफ युक्त सन स्किन लगाउनु उपयुक्त हुन्छ ।
- घाममा निस्कनुपरे प्रत्येक ३–३ घण्टाको फरकमा सन स्किन लगाउनुपर्छ ।
- अनुहारमा चाँया–पोतो भएकाहरूले घाममा बस्दा अनुहार घाममा पर्न दिनुहुँदैन ।