गर्मीमा कस्तो पहिरन लगाउने ?
गर्मीको समयमा फिटिङ लुगा लगाउनु हुँदैन । लुज पहिरनले सुहाउँदो र ट्रेन्डी देखिन्छ । गर्मीमा ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर शीतलता प्रदान गर्छ ।
- वर्षामा पहिरन छनोट गर्दा विशेष ध्यान पुर्याउनुपर्छ । धेरै पानी पर्दा हिलो हुने अनि तत्काल घाम लागे धूलो उड्ने वर्षा पहिरनका दृष्टिले संवेदनशील समय हो ।
- वर्षामा हल्का वान पिस, हाप पाइन्ट वा लिनेनका पाइन्टसँग स्लिपर वा रेनी सुज लगाउन सकिन्छ ।
-वर्षामा हेभी डिजाइन वा वर्क गरिएका पहिरन उपयुक्त मानिँदैनन् ।
कमला तिवारी पाण्डे
संचालक, प्रेरणा वुमन्स वेयर