किन झर्छ केश ?
केश झर्ने तथा टुक्रने प्रमुख कारण केश सुख्खा हुनु हो । केशमा प्रयोग गरिएको कन्डिसनर घामले सुकेपछि पनि केश टुक्रन्छ । केश रंगाउन कमसल केमिकल प्रयोग गर्दा पनि केश टुक्रन्छ । त्यस्तो केमिकलले केशको प्राकृतिक चमकसमेत नष्ट गरिदिन्छ ।
–व्यस्त जीवन शैली भएकाहरूले क्याल्सियम तथा आइरन प्राप्त हुने खानकुरा प्रशस्त खाने ।
–झोल खाना, फलफूल तथा सलाद बढी खाने ।
–स्वस्थ र फिट हुने हो भने चिल्लो, पिरो एवं मसलादार खानेकुरा कम खाने ।
–जतिसुकै काम भए पनि कम्तीमा आधा घन्टा मर्निङ वाक गर्ने ।
–दिनहुँ एक्सरसाइज गर्न सकिएन भने कम्तीमा हप्ताको तीन दिन भए पनि समय निकाल्ने ।
–अर्काको लहैलहैमा लागेर फिटनेस क्लब ज्वाइन गर्ने अनि बीचमै छोड्ने काम नगर्ने ।
–हरेक दिन डाइट चार्टअनुसार खाना खाने ।
–फिटनेससम्बन्धी सचेतता सानो उमेरदेखि नै कायम गर्दै लाने ।
–फिट रहन मेसिन प्रयोग गर्नुभन्दा प्राकृतिक रूपमा पसिना निकाल्नु उपयुक्त हुन्छ ।