गर्मीमा सिफन र जर्जेट र कटनको कुर्तीसँग लेगिन्स भन्दा पनि प्लाजो वा लुज फिटिङ ट्राउजर प्रभावकारी हुन्छ ।
गर्मीमा सक्दो लाइट कलरमा पनि लाइट पिच, लाइट गाँजरी, लाइट अरेन्ज बटर कलर, ह्वाइट कलरका पहिरन लगाउदा शरीरलाई आरामदायी प्राप्त हुनुुका साथै आकर्षक देखाउन मद्दत गर्छ ।
उपत्यकाको धुलो धुँवा र गर्मीलाई धान्नका लागि हो भने खैरो कलरको पहिरनमा जोड दिन डिजाइनर प्रेम देव आग्रह गर्छन् ।
पुरुषका हकमा सबैभन्दा उपयुक्त लिनेनको टप्स, कुर्ता, टिर्सट र लिनेनकै प्यान्ट अति आकर्षक र लाभदायी पनि मानिन्छ ।
आजभोली लिनेन कपडामा पनि आकर्षक किसिमका डिजाइनर कलर पाइने भएकाले पुरुष अर्थात आधुनिक युवा सबैका लागि आफूलाई मन पर्ने कलर कम्विनेसमा ध्यानदिन सके ट्रेन्डी देखिन्छ ।
महिला होस वा पुरुष गर्मीमा कटनका पहिरन लगाउदा शरीरलाई फाइदा हुने र लुज फिटिङ डिजाइनले पसिनाबाट हुने इन्फेक्सबाट पनि जोगाउँछ ।
ध्यान गर्दा मस्तिष्क शान्त हुन्छ । यसरी मस्तिष्क तनावरहित भएपछि रोगविरुद्ध लड्ने हार्मोनहरू क्रियाशील हुन्छन् भने रोग उत्पादन गर्ने हार्मोनहरू निष्क्रिय हुन थाल्छन् ।