समुन्नत भविष्यका लागि ध्यान
शरीर मन, विचार र भावनाको सन्तुलनमा रहनु नै योग हो । चित्तलाई एकाग्र गर्नु पनि योग नै हो । योग शरीरको व्यायाम मात्र होइन । यसलाई महर्षि पतञ्जलिले अष्टाङ्ग योगमा राम्रोसँग प्रस्ट्याउनु भएको छ । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि अष्टाङ्ग योग हुन् ।