Successfully Copied

प्राकृतिक सुगन्ध

भनिन्छ, हरेक घरले केही कुरा व्यक्त गर्छ । ढंग पुर्‍याएर सजाइएको घरले होममेकरको समझदारीलाई अभिव्यक्त मात्र गर्दैन, यसबाट उसको रोजाइ र स्टाइलको पनि अनुमान गर्न सकिन्छ । ब

भनिन्छ, हरेक घरले केही कुरा व्यक्त गर्छ । ढंग पुर्‍याएर सजाइएको घरले होममेकरको समझदारीलाई अभिव्यक्त मात्र गर्दैन, यसबाट उसको रोजाइ र स्टाइलको पनि अनुमान गर्न सकिन्छ । बजारमा होम इन्टेरियरसित सम्बन्धित अनेकौं एसेसरिज उपलब्ध छन्, जसले घरलाई सजाउँछ र सम्हाल्छ पनि ।

सुगन्धित घर

कुनै पनि घरको सजावट तब मात्र सम्पूर्ण मानिन्छ जब त्यो सफा हुनुका साथै सुगन्धित पनि हुन्छ । अझ जो कोही प्रदूषण र कोलाहलबाट टाढा प्रकृतिको नजिक रहन चाहन्छन् । यसका लागि घरमा बोट–बिरुवा र प्राकृतिक पेन्टिङ्स लगाइन्छ तर यी उपायबाट मात्र आराम प्राप्त हुँदैन । जुन घरको वातावरणमा प्राकृतिक सुगन्ध आउँँछ त्यो स्वर्ग तुल्य हुन्छ । घरको हरेक कुनामा बसेको प्राकृतिक सुगन्धले तनमनलाई प्रफुल्लित तुल्याउँछ ।

प्राकृतिक सुन्दरताको विशेषता

घरलाई सुगन्धित बनाउन बजारमा अनेकौं प्रोडक्ट्स उपलब्ध छन् । जसले लगातार सुगन्ध छर्ने काम गर्छन् । यद्यपि ती केमिकलयुक्त हुने भएकाले स्वास्थ्यका दृष्टिले हानिकारक पनि हुन्छन् । यसको विपरीत केही प्रोडक्ट्स शतप्रतिशत प्राकृतिक सुगन्धित तेलबाट बनेका हुन्छन्, जसले सम्पूर्ण घरलाई सुगन्धित बनाउँछन् र स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्दर्ैनन् । पूर्णरूपले प्राकृतिक हुनुका साथै यी इकोफ्रेन्डली पनि हुन्छन् । होम फ्रेसनरले मुडलाई राम्रो बनाउनुका साथै वातावरणलाई पनि सुगन्धित बनाउँछ । होम फ्रेसनरको प्राकृतिक सुगन्धले मानिसलाई प्रकृति नजिक पुर्‍याउँछ, जहाँ तनावरहित महसुस हुन्छ ।

तस्विर: नवराज वाग्ले 

 Image