Successfully Copied

स्प्रिङ हेयर कलर

स्प्रिङ सिजन लुकमा परिवर्तन ल्याउन चाहनुहुन्छ भने हेयर कलर सबैभन्दा राम्रो विकल्प हो । त्यसो त तपाईको सामू ओरेञ्ज, ब्रिगेन्डी, रेड, गोल्डेन, मोगनी, कपर र लाइट कलर जस्ता कयन विकल्प उपलब्ध रहेको छ तर स्वयंलाई स्टाइलिस, ग्ल्यामरस र आइ क्याची देखाउनका लागि वा

स्प्रिङ सिजन लुकमा परिवर्तन ल्याउन चाहनुहुन्छ भने हेयर कलर सबैभन्दा राम्रो विकल्प हो । त्यसो त तपाईको सामू ओरेञ्ज, ब्रिगेन्डी, रेड, गोल्डेन, मोगनी, कपर र लाइट कलर जस्ता कयन विकल्प उपलब्ध रहेको छ तर स्वयंलाई स्टाइलिस, ग्ल्यामरस र आइ क्याची देखाउनका लागि वा भीडमा आफूलाई अलग देखाउनका लागि कपाललाई रेड टोन दिनुपर्छ । यसमा सम्बन्धित विज्ञको सेवा सल्लाह लिनु राम्रो हुन्छ । 

आफ्नो त्वचा अनुसार चयन गरौं हेयर कलर 

–नेचुरल कलर : जब कुरा नेचुरल कलर आउँछ तब प्रायm गरी ब्राउन, रेड र बरगन्डी कलर प्रयोग गर्न रुचाउने गर्छन. । तर आफ्नो स्कीन टोनमा विचार गरी कलर गराउनु राम्रो हुन्छ । यदि स्कीन टोनमा विचार गरी कलर गराउनु राम्रो हुन्छ । यदि स्कीन टोन ऐलो छ भने गोल्ड वा ब्राउन कलर प्रयोग गर्नुहुन्छ भने मुहार अत्याधिक एलो देखिन्छ र तपाई विरामी परेको जस्तो देखिनुहुन्छ । अत: यसमा विचार पुर्‍याउनुपर्छ । 

–ब्राउन कलर : यो एउटा सेफ कलर हो । यदि स्कीन कुल छ भने तपाई महोगेनी कलर, स्कीन वार्म छ भने एश ब्रांउन कलर प्रयोग गर्नु राम्रो हुनछ । 

–बरगन्डी : यो कलर धेरे चर्चित छ । यदि स्कीन टोन ओलिभ वा एलो रंगको छ भने यो कलर चयन गर्नुपर्छ । यो रंग गाढा स्कीन टोनमा सुहाउँदो हुन्छ । 

–रेड : यो कलरमा धेरै शेड पाइने गरिन्छ । यदि धेरे गोरी हुनुहुन्छ भने कपर वा लाइट रेड प्रयोग गर्नुपर्छ, न कि ओरेञ्ज । अलिभ स्कीन टोनमा ब्लु बेस रेड कलर प्रंयोग गर्न सकिन्छ । जुन धेरै गाढा रातो हुने गर्छ । यदि स्कीन रेड छ भने रेड हेयर कलर गर्नु ठीक होइन । 

–गोल्डेन : यो रंग इन्डोएशियन स्कीन टोनमा पटक्कै सुहाउँदैन । 

–बल्याक : प्योर ब्ल्याक कलर राम्रो देखिदैन । यो हेर्दा विग जस्तै देखाउँछ । अत: ब्ल्याकको स्थानमा डार्क ब्राउन कलर प्रयोग गर्नुपर्छ । 

हाइलाइट्स और लो लाइट्स 

यदि सम्पूर्ण कपालमा कलर गराउन चाहनुहुन्छ भने एक पटक हाइलाइट वा लो लाइट्समा ध्यान दिनुपर्छ । हेयर कलर तपाईको स्कीन टोन भन्दा एक वा दुई शेड लाइट वा डार्क हुनुपर्छ, यसो गर्नाले कपाललाई नयाँ लुक प्राप्त हुने गर्छ । 

–कलेज गर्नेहरूले नीलो, पहेलो, बैजनी र रातो रंग अति सुहाउँदो यसको प्रयोगले यीनमा आकर्षण थप्दछ । 

–रेड हेयर कलर ब्राइट शेड हुने गर्छ यसैले यो कलरको प्रयोग भन्दा पहिले आफनो स्कीन टोनलाइृ अवश्य ध्यानमा राख्नुपर्छ । 

–इच्छा अनुसार कपाललाई रेडबाट ग्लोबल, शेडेड, स्टाइलसिङ, स्ट्रिक्स ब्रिक वा हाइलाइट पनि गर्न सकिन्छ । त्यसो त रेड कलर गर्नका लागि स्कीन टोनलाई ध्यानमा राख्नु जरुरी हुनछ । सामान्यत: फेरि स्कीन भएकामा रेड कलर सुट गर्ने गर्दैन, यसैले तिनले मोगनी, गोल्डेन वा लाइट कलर प्रयोग गर्नुपर्छ । इन्डो एशियन स्कीन कलरमा रेड वा डार्क कलर राम्ररी सुट गर्छ । 

 Image