केशको हेरचाह
केश बढ्नु–घट्नुमा हामीले प्रयोग गर्ने स्याम्पु तथा कन्डिसनर पनि जिम्मेवार हुन्छ । प्रयोग गरिरहेको स्याम्पु तथा कन्डिसनरका कारण केश झरेको छ भने तुरुन्तै परिवर्तन गर्नुपर्छ ।

–बजारमा नक्कली प्रसाधनको बिगबिगी बढेकाले सौन्दर्य प्रसाधन खरिद गर्दा ब्रान्ड र क्वालिटीमा ध्यान पुर्याउनुपर्छ ।
–आफ्नो छाला सुहाउँदो ब्रान्ड तथा रंगलाई प्राथमिकतामा राख्नुपर्छ । सकेसम्म यस्ता प्रसाधन आफ्नो छालामा टेस्ट गरेर मात्र खरिद गर्नु राम्रो हुन्छ ।
–सौन्दर्य प्रसाधन किन्दा उत्पादन मिति र एक्सपायर डेटमा सचेत हुनुपर्छ ।
–आफ्नो बजेटअनुसार प्रसाधन खरिद गर्नुपर्छ किनभने राम्रा कम्पनीका सुलभ प्रसाधन पनि उपलब्ध छन् ।
–निरन्तर उपलब्ध हुने ब्रान्ड रोज्नु नै उत्तम हुन्छ ।