टिनएज नाइट पार्टी मेकअप
पहिरन, छालाको रंग तथा अनुहारको सेप हेरी सोहीअनुसार प्रसाधन प्रयोग गर्नुपर्छ । टिनएजका लागि मस्कारा तथा लाइनर महत्वपूर्ण हुन्छन् ।
–बजारमा नक्कली प्रसाधनको बिगबिगी बढेकाले सौन्दर्य प्रसाधन खरिद गर्दा ब्रान्ड र क्वालिटीमा ध्यान पुर्याउनुपर्छ ।
–आफ्नो छाला सुहाउँदो ब्रान्ड तथा रंगलाई प्राथमिकतामा राख्नुपर्छ । सकेसम्म यस्ता प्रसाधन आफ्नो छालामा टेस्ट गरेर मात्र खरिद गर्नु राम्रो हुन्छ ।
–सौन्दर्य प्रसाधन किन्दा उत्पादन मिति र एक्सपायर डेटमा सचेत हुनुपर्छ ।
–आफ्नो बजेटअनुसार प्रसाधन खरिद गर्नुपर्छ किनभने राम्रा कम्पनीका सुलभ प्रसाधन पनि उपलब्ध छन् ।
–निरन्तर उपलब्ध हुने ब्रान्ड रोज्नु नै उत्तम हुन्छ ।