उपयोगी रोजमेरी
- यसलाई चियापत्ती, जडिबुटी तथा तरकारीमा मसलाका रूपमा समेत प्रयोग गर्न सकिन्छ । - यसले रक्तसंचार बढाउनुका साथै लिभरसम्बन्धी रोगविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्छ ।

जाडोमा बूढाबूढीको स्याहार
रूपा गुरुङ, सञ्चालक, द होप हर्मिटेज, सिनियर सिटिजन होम क्लब एण्ड डे केयर सेन्टर लाजिम्पाट
–जाडोमा बूढाबूढीको विशेष स्याहार गर्नुपर्छ ।
–जाडोमा उनीहरूलाई ताता पहिरन एवं न्यानो ओछ्यान चाहिन्छ ।
–बूढाबूढीलाई ३ घन्टाको फरकमा सूप, हर्लिक्स, चिया, दूध आदि खान दिनुपर्छ ।
–बिहान–बेलुका हलुका शारीरिक व्यायाम गराउनुपर्छ ।
–रोगअनुसारका औषधि निश्चित समयमा ख्वाउनुपर्छ ।
–बूढाबूढीलाई चिसोले छिट्टै समात्ने हुँदा न्याना पहिरनका साथमा खानपानमा पनि ध्यान पुर्याउनुपर्छ ।