महिनावारी भएका बेला के गर्ने ?
ताजा फलफूल बढी खानुहोस् । यसमा भएको भिटामिन ‘सी’ र ‘ए’ ले योनिमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ । साथै प्राकृतिक रेशाहरूले आन्द्राको चाल पनि राम्रो गर्ने भएकाले फलफुल नियमित खानुपर्छ ।
जाडोमा बूढाबूढीको स्याहार
रूपा गुरुङ, सञ्चालक, द होप हर्मिटेज, सिनियर सिटिजन होम क्लब एण्ड डे केयर सेन्टर लाजिम्पाट
–जाडोमा बूढाबूढीको विशेष स्याहार गर्नुपर्छ ।
–जाडोमा उनीहरूलाई ताता पहिरन एवं न्यानो ओछ्यान चाहिन्छ ।
–बूढाबूढीलाई ३ घन्टाको फरकमा सूप, हर्लिक्स, चिया, दूध आदि खान दिनुपर्छ ।
–बिहान–बेलुका हलुका शारीरिक व्यायाम गराउनुपर्छ ।
–रोगअनुसारका औषधि निश्चित समयमा ख्वाउनुपर्छ ।
–बूढाबूढीलाई चिसोले छिट्टै समात्ने हुँदा न्याना पहिरनका साथमा खानपानमा पनि ध्यान पुर्याउनुपर्छ ।