Successfully Copied

घरपालुवा जनावरको अचम्मको संसार

हामीमध्ये धेरैले घरपालुवा जनावर पालेका हुन्छौं । अझ सहरी जीवनमा त घरपालुवा जनावर अपरिहार्य जस्तै छन्

हामीमध्ये धेरैले घरपालुवा जनावर पालेका हुन्छौं । अझ सहरी जीवनमा त घरपालुवा जनावर अपरिहार्य जस्तै छन् । धेरैले घरमा पाले पनि तिनको हेरचाहका बारेमा धेरैलाई पर्याप्त जानकारी नहुन सक्छ । घरपालुवा जनावरको संसार अचम्मको हुन्छ । उनीहरूको बानी–व्यवहार हामीले सोचेभन्दा एकदम फरक हुन्छ ।

घरपालुवा जनावरसँग सम्बन्धित केही रोचक तथ्य

–कुुकुर जति सानो हुन्छ उसको जीवन त्यति नै लामो हुन्छ । ग्रेटडेन जातको कुकुर ८–१० वर्ष बाँच्छ भने पमेरियन जातको १४–१६ वर्षसम्म बाँच्छ ।

–कुकुरको छालामा पसिना आउने ग्रन्थि हुँदैन । कुकुरको पन्जाबाट पसिना आउँछ, त्यसैले कुकुरले जिब्रो बाहिर निकालेर शरीरलाई चिसो राख्छ ।

–विश्वमा करिब ३ सय ५० भन्दा बढी जातका कुकुर छन् ।

–ड्राल्ििमसयन जातको कुकुर जन्मिदा पूरै सेतो हुन्छ । 

–कुकुरको आँखामा टेपेटम लुसिडम नामक पदार्थ हुन्छ जसले गर्दा उसले राति पनि सजिलै देख्न सक्छ । 

–कुकुरको सँुघ्ने क्षमता मान्छेको तुलनामा १० हजार गुना बढी हुन्छ । 

–कुकुरले कालो र सेतो रंग मात्र हेर्न सक्छ भन्ने कुरा गलत साबित भएको छ । कुकुरले नीलो, पहेंलो तथा खैरो रंग छुट्याउन सक्छ । 

–विश्वमा सबैभन्दा बढी पालिने कुुकुर ल्यावराडोर हो । 

–कुकुरको छाउरो जन्मिँदा त्यसले आँखा देख्दैन, कान सुन्दैन र उसको दाँत पनि हुँदैन ।

–बेसनजी जातको कुकुर भुक्दैन ।

–विश्वमा सबैभन्दा धेरै कुकुर भएको देश अमेरिका हो । 

–ग्रेहाउन्ड विश्वमै सबैभन्दा तीव्र गतिमा दौडन सक्ने कुकुर हो । 

–अस्ट्रेलियामा ब्लुई नाम गरेको कुकुर २९ वर्ष ५ महिना बाँचेको थियो जुन सर्वाधिक उमेरसम्म बाँचेको रेकर्ड हो । त्यसलाई मानिसको औसत आयुसँग तुलना गर्दा १ सय ६० वर्ष हुन्छ । 

–अध्ययनहरूबाट प्रमाणित भएको छ कि कुकुरले मानिसको सास सुँघेर फोक्सोको क्यान्सर छ कि छैन पत्ता लगाउन सक्छ ।

–रसियाको लाइका नामको कुकुर पहिलो पटक सन् १९५७ मा चन्द्रमामा पुगेको थियो ।

–कुकुरको कानमा विभिन्न किसिमका १८ वटा मांसपेशी हुन्छन् जसको सहयोगले उनीहरू आफ्नो कानको आकार परिवर्तन गर्छन् ।

–चाउचाउ जातका कुकुरको जिब्रो कालो हुन्छ ।

–करिब १२ हजार वर्षअघिदेखि मानिसले कुकुर पाल्दै आएको अनुमान छ ।

–सबैभन्दा सानो जातको कुकुर चिहुबहुवा हो ।

–सबैभन्दा अग्लो कुकुर ग्रेटडेन हो ।

–सबैभन्दा बढी तौल हुने कुकुर सेन्ट वरनार्ड हो ।

–चकलेट ख्वाउँदा कुकुरको ज्यानसमेत जान सक्छ । 

–कुकुरले ६०–६८ दिनमा सन्तान जन्माउँछ ।

–घरपालुवा जनावर पाल्दा मानिसको दिनचर्यामा परिवर्तन आउँछ जसले ब्लडप्रेसर एवं डाइबिटिज भएका व्यक्तिलाई फाइदा पुग्छ ।

 Image