टिनएजर्सका लागि सपिङ टिप्स
छोरीका लागि किनमेलमा जानुभन्दा पहिले घरमा के–कस्ता खालका पहिरन छन् जाँच्ने । यसका साथमा उनको रोजाइ पनि जान्नु आवश्यक छ । टिनएजर्सका लागि कति मूल्यसम्मको सामान लिने हो त्यसको योजना बनाउनुपर्छ ।

मोटा महिलाका लागि पहिरन
मोटा महिलाहरूले जर्जेट फेब्रिकलाई नै छान्नुपर्छ । नेटमा सिल्म देखिने भए पनि बडी देख्ने हुँदा नराम्रो देखिन्छ । मोटो जिउ भएकाहरुको लागि धेरै हेबी सारी पनि लगाउनुहुदैन, सानो बोर्डर मात्र राख्दा दुब्लो देखिन्छ । क्रेपमा हल्का भरेर अलि लामो ब्लाउज लगाउँदा स्लिम देखिन्छ । लेहेंगा लगाउने सोच छ भने नेटको लेहेंगामा चोली लामो बनाएर लगाउनुपर्छ, कालो कलरले पनि फिगरलाइ स्लिम देखाउन मद्धत पुऱ्याउंछ ।